CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वैद्यको बन्द : सरकारी आश्वासन लत्याउँदै सुनसान सडक

वैद्यको बन्द : सरकारी आश्वासन लत्याउँदै सुनसान सडक



सरकारको आश्वासन
नागरिक र सार्वजनिक यातायातवाला हो, बन्द अवज्ञा गर्नुस्
हामी तपाईँहरुलाई ग्यारेन्टी गर्छौँ
- ९० प्रतिशतसम्म क्षतिपूर्ति
- रु २५ हजारसम्म तत्काल राहत
- निःशुल्क उपचार

बन्द जस्ता गतिविधि भए उजुरी गरी हाल्नुस् २४ सै घण्टा
फोन: 01-4211208
फ्याक्स: 01-4211286 / 01-4211257
इमेल: control@moha.gov.np
पुलिस कन्ट्रोल: 100 



















 
तर, सडकमा यथार्थ यस्तो रह्यो-





सरकारको दावी यहाँ भने ठीक देखिन्छ है, कलंकीको आकाशे पुलमा मान्छे हिँड्ने ठाउँमा भने टन्नै पसलहरु सुचारु रहेछन्, भिडियो हेर्नुस्-

यो पटकको बन्दमा सरकारले त्यस्तोसँग अवज्ञा गर्न आह्वान गरेको छ, तु. क्षतिपूर्तिको व्यवस्था गरेको छ, सुरक्षा व्यवस्था मजबुत बनाएको भनेको छ। साझा बसमा चढेर कलंकीबाट तीनकुने पुग्दा केही ठाउँमा हतियारधारी सेना समेत परिचालन भएको देखियो। एक जना पनि बन्दकर्ता भने देखिएनन्। तर पनि गाडी खासै चलेनन्। पसलहरु खासै खुलेनन्।
kalanki3
साझा बसले भने आज निकै सेवा गर्‍यो। यातायात व्यवसायीले बन्दको अवज्ञा गर्ने भन्ने समाचार आए पनि खासै गाडी चलेनन्। केही टेम्पो र माइक्रोमात्रै चले। साझा बसमा त्यही भएर निकै भिड थियो आज र रुट पनि नयाँ बनाएर चलाइएको थियो।
sajha
बसमा अगाडि दुई र पछाडि दुई जना हतियारधारी सुरक्षाकर्मी बसेका थिए।
sajha1
यो त भयो एक दिनको बन्द। अझै मंसिर ४ गतेसम्म २४ सै घण्टा यातायात बन्द गराउने भनेको छ वैद्य माओवादीले। के एक जना पनि सडकमा ननिस्की आजको जस्तै बन्द सफल होला त? के मान्छेले सँधैको यो बन्द सहेर बस्लान् त? मान्छेले धेरै सहँदैनन् भन्ने त वैद्यले प्रचण्डसँग नफुट्दै उ बेला गरेको अनिश्चितकालीन आमहड्तालको नियती देखेर थाहा पाइसकेका छन्। त्यसैले माथि गृह मन्त्रालयले भनेको जस्तो ठाउँठाउँमा विस्फोटक पदार्थ र विस्फोटक जस्तै देखिने झुक्याउने तर आतंक मच्चाउने वस्तु राखिएला। तर त्यसले मान्छेलाई रोकेर राख्ला ? सरकारको सुरक्षा व्यवस्था कस्तो होला ? यो प्रश्नको जवाफ अबका केही घण्टामा भेटिनेछ।
kalanki4
accident
त्यही साझा बसको झ्यालबाट बन्दको खुला सीधा बाटोमा पनि ट्राफिकको एउटा मोटरसाइकल पल्टिएर दुर्घटना भएको दृश्य देखियो। बाटो सीधा र खुला छ भन्दैमा दुर्घटना नहुने हैन रहेछ। देश पनि यसरी दुर्घटनामा नपरोस्, यही कामना !


साभार : माई संसार 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis