१. ओपन र क्लोज ट्याब
मोजिल्ला, गुगल क्रोम आदिमा एउटै विन्डोभित्र धेरै ट्याबमा नयाँ-नयाँ साइट खोल्न सकिन्छ। त्यसमध्ये कुनै एउटा ट्याब वा पूरै विन्डो बन्द गर्नुपर्यो भने माउस चलाइरहनुपर्दैन। Ctrl+W ले एउटा ट्याब बन्द हुन्छ भने Ctrl+Shift+W ले पूरै विन्डो बन्द हुन्छ। कतिपय अवस्थामा नचाहँदा-नचाहँदै कुनै ट्याब बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ। त्यसका लागि Ctrl+Shift+T प्रयोग गर्नुपर्छ। यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl+T गर्दा पुग्छ।
२. फन्ट साइज घटाउन-बढाउन
वर्ड फाइलमा फन्ट साइज धेरै पटक घटाउनु वा बढाउनु छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन। परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गरेर साइज बढाउन Ctrl+] प्रयोग गर्नुपर्छ भने घटाउन Ctrl+[ प्रयोग गर्नुपर्छ।
३. विन्डो परिवर्तन
कम्प्युटरमा तीव्र गतिमा विभिन्न विन्डो खोलेर काम गर्नुपर्दा हात हरदम माउसमा कुदाउनुपरिरहेको हुन्छ। विन्डो परिवर्तनका लागि किबोर्डबाटै काम चलाउन सकिन्छ, जुन छिटो पनि हुन्छ। यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt+Tab प्रयोग गर्न सकिन्छ।
विन्डोज ७ र ८ भर्सनमा भने Windows key + Tab प्रयोग गर्नुपर्छ।
४. एउटै स्क्रिनमा दुईवटा विन्डो
घरी इन्टरनेट खोल्ने र घरी वर्डमा आउने काम दिक्कलाग्दो हुन्छ। यो दिक्दारी घटाउन एउटै स्क्रिनभित्र दुईवटा विन्डो बनाउन सकिन्छ जसले गर्दा हरेक पटक विन्डो परिवर्तन गर्नुपर्दैन।
त्यसका लागि वर्ड फाइल खोलेर Windows+right arrow थिच्नुपर्छ। यसले गर्दा वर्ड फाइल दायाँ सर्छ। अब बायाँपट्टकिो अर्को विन्डोमा सजिलै सर्फ गर्न सकिन्छ। Windows+left arrow थिचेर विन्डोलाई बायाँ सार्न सकिन्छ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
कुनै फाइल आइकन सेलेक्ट गरी डिलिट हान्दा फाइल फोल्डरबाट मात्र हट्छ, तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ। यदि त्यसको सट्टा Shift+Del गिरियो भने उक्त फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ।
स्क्रिनको तस्बिर लिन चाहने हो भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सकिन्छ। ल्यापटपमा भने Function (FN) पभथ कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ।
६. शब्द गन्ने र अक्षर ठूलो-सानो गर्ने
कुनै काम गर्दा हरेक पटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन। त्यसका लागि Alt+T+W थिचे पुग्छ।
यसैगरी अंग्रेजीमा टाइप गर्दा निकै पटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ। त्यसका लागि हरेक पटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन। जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गरी Shift+F3 थिचे काम तमाम हुन्छ।
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि कम्प्युटरमा धेरै विन्डोज खोलिएको छ र त्यस्तो अवस्थामा सिधै डेस्कटपमा जान चाहने हो भने सबै विन्डोजलाई बन्द गरिरहनु पर्दैन। किबोर्डमा रहेको विन्डो किका साथमा D (Windows key + D) थिचियो भने सिधै डेस्कटपमा जान सकिन्छ। काम सकेर फेरि त्यही प्रक्रिया अपनाए पहिलेकै विन्डोजमा फर्किन सकिन्छ। यदि कम्प्युटर लक गर्न चाहने हो भने Windows + L हान्नुपर्छ।
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ। यस्तो बेला केही सर्टकट किले टेक्स्ट सेलेक्टलाई सजिलो बनाइदिन्छ।
जस्तो कि, Shift + Home गरियो भने क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ। त्यसैगरी Ctrl + Shift + Up थिचियो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने क्जषतंभ्लम थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट हुन्छ।
सर्वाधिक हेरिएको तस्बिर ब्लिस
भारतमा एप्पलभन्दा सोनी अगाडि
दृष्टिविहीनका लागि घडी
बियरको फिंज हटाउन
३० सेकेन्डमै चार्ज ?
टेक ज्ञान एन्ड्रोइड
यद्यपि धेरैले एन्ड्रोइडलाई एउटा अपरेटिङ सिस्टमका रूपमा मात्र लिन्छन्, तर वास्तवमा यो एउटा कम्पनीको नाम हो, जसलाई सन् २००५ मा गुगलले किनेको थियो। एन्डी रुबिनलाई एन्ड्रोइडको जन्मदाता मानिन्छ। उनले नै यसको नाम राखेका थिए। गुगलले किनेपछि नै एन्डी र उनको टिमले यसलाई अपरेटिङ सिस्टम बनाउने कार्य प्रारम्भ गरेका थिए।
सन् २००७ को नोभेम्बर १२ मा एन्ड्रोइड बिटा भर्सन पहिलो पटक सार्वजनिक गरिएको थियो। यसलाई गेम्स, सफ्टवेयर र अन्य एप्लिकेसन चलाउन सफ्टवेयर प्लेटर्फमका रूपमा लन्च गरिएको थियो। सन् २००८ मा गुगलले एचटिसी र टि-मोबाइलसित मिलेर पहिलो एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्याएको थियो। यसको नाम एचटिसी डि्रम जीटु थियो। यद्यपि सन् २००९ मा मोटोरोलाको स्मार्टफोनमा २.० भर्सनको एन्ड्रोइड प्रयोगपछि मात्र यसको लोकप्रियता बढेको हो।
एन्ड्रोइडका विभिन्न भर्सनलाई अंग्रेजी अल्फाबेटका आधारमा नाम दिइएको छ। पहिलो भर्सन बिटा थियो भने त्यसपछि क्रमशः कपकेक, डोनटत, इक्लेयर, फ्रोयो, जिन्जरब्रेड, हनिकम्ब, आइसक्रिम स्यान्डविच, जेली बीन र किटक्याट आए। किटक्याट यसको पछिल्लो भर्सन हो।
कुनै पनि फोनमा प्रयोग गर्न सकिने अर्थात् ओपन अपरेटिङ सिस्टम भएकाले पनि एन्ड्रोइडको लोकप्रियता बढेको हो। परिणाम स्वरुप सबै कम्पनीले यसको प्रयोग गरेका छन्। गुगल आफैले भने सन् २०१० मा यही अपरेटिङ सिस्टम प्रयोग भएको नेक्सस वानलाई बजारमा ल्याएको थियो तर यसले खासै लोकप्रियता पाउन सकेन। यद्यपि त्यही नै गुगलका लागि बरदान सावित भयो। त्यसपछि नै सामसुङले ग्यालेक्सी सिरिजमा विभिन्न मोडलका एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्यायो। त्यसपछि जताततै एन्ड्रोइडको चर्चा हुन थाल्यो। सामसुङसित मिलेर गुगलले नेक्सस एसलाई बजारमा ल्यायो। त्यसमा एन्ड्रोइड जिन्जरब्रेड अपरेटिङ सिस्टम प्रयोग गरिएको थियो। यो स्मार्टफोनले पनि लोकप्रियता पायो।
सन् २०१० सम्म एप्पलले कब्जा जमाइरहेको अमेरिकी बजारमा चिन्ता छाउन थाल्यो। सन् २०११ सम्म आइपुग्दा एन्ड्रोइडले ब्ल्याकबेरीलाई उछिन्यो। सन् २०११ को नोभेम्बरमा एन्ड्रोइडको आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टम आएपछि त्यसलाई ट्याब्लेटमा पनि प्रयोग गर्न थालियो। त्यसपछि यसको बजारमा धेरै परिवर्तन आयो। सन् २०१२ मा एन्ड्रोइडकै बलमा सामसुङ पनि नम्बर वान कम्पनी बन्न सफल भयो। अहिले धेरै कम्पनीले एन्ड्रोइड मोबाइल फोन निर्माण गरेका छन् तर पनि धेरैको दिमागमा एन्ड्रोइड भन्नासाथ सामसुङको नाम आउँछ। सन् २०१३ सम्म आइपुग्दा धेरै कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन निर्माण गर्न थालिसकेका छन्।
साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !