CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कसले बुझ्नु हसाउनेको पीडा : तितो सत्य , मेरी बास्सै बन्द हुन सक्ने

कसले बुझ्नु हसाउनेको पीडा : तितो सत्य , मेरी बास्सै बन्द हुन सक्ने

काठमाडौं। दैनिक टेलिभिजन हेर्ने हो भने हास्य टेलिशृंखलाको बाढी नै देखिन्छ। एकै दिन दुईवटासम्म हास्य टेलिशृंखला प्रसारण हुने गरेका छन्। हास्य टेलिशृंखलाकै कारण नेपाल टेलिभिजनमा सामाजिक र पारिवारिक टेलिफिल्म देख्न पाइएको छैन। टेलिभिजनले पनि सामाजिक टेलिफिल्मलाई भन्दा हास्य टेलिशृंखलालाई बढी महत्व दिँदै आएको छ। यो सन्दर्भ हरेक टेलिभिजन च्यानलका हकमा लागू हुन्छ। 
तर केही समययता हास्य टेलिशृंखलाहरू पनि मिडिया एजेन्सीका चपेटामा परेका छन्। सोही कारण केही महिनापछि धेरै हास्य टेलिशृंखला नेपाल टेलिभिजनबाट बिदा हुदैछन्। समाचार स्रोतका अनुसार नेपाली हास्य टेलिशृंखलाको एकलौटी ठेक्का हात पारेको मिडिया हबका कारण हास्य कलाकारहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन्। मिडिया हबले तीतो सत्य, मेरी बास्सै हास्य टेलिशृंखलाका कलाकारलाई पारिश्रमिकबापतको लाखौं रूपैयाँ अझै दिएको छ्र्रैन। जसका कारण केही समयपछि तीतो सत्य, मेरी बास्सै टेलिशंृखलाले निरन्तरता नपाउने भएका हुन्। तीतो सत्यका निर्देशक दीपकराज गिरीले मिडिया हबले लाखौं रूपैयाँ पारिश्रमिक नदिएको गुनासो गर्दै पाँच सय भागपछि बन्द हुनसक्ने चेतावनी दिइसकेका छन्। 
यता, हरेक शनिबार प्रसारण हुँदै आएको मेरी बास्सै पनि मिडिया हबकै कारण शुक्रबार राति प्रसारण हुन थालेको छ। नयाँ आर्थिक वर्षको समय किन्दा शनिबार अर्कै कम्पनीले समय हात पारेपछि मेरी बास्सैको समय परिवर्तन भएको हो। तरुणलाई प्राप्त समाचारअनुसार मिडिया हब मेरी बास्सैलाई लामो समयसम्म निरन्तरता दिने पक्षमा छैन। नेपाल टेलिभिजनबाट समय किनेर त्यो समयमा मिडिया हबले तीतो सत्य, मेरी बास्सैलगायत दर्जनौं कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण गर्दै आएको छ। आर्थिक संकटका कारण मिडिया हबले यस वर्ष थोरै मात्र समय किनेको बताइन्छ। 
आर्थिक समस्या र व्यक्तिगत टकरावका कारण मेरी बास्सै टिम फुटिसकेको छ। विगत दुई वर्षदेखि छुट्टाछुट्टै छायाँकन गरी एउटै कार्यक्रम गर्दै आएका सीताराम कट्टेल र केदार घिमिरेबीच बोलचाल नभएको धेरै समय भयो। सोही कारण नेपाल टेलिभिजनले मेरी बास्सै नदेखाउने चेतावनी दिएपछि सीताराम र केदारले बीचमा मिलेको नाटक गरेका थिए। मेरी बास्सैले निरन्तरता पनि पायो। तर गाईजात्रे कार्यक्रम देखाउने बेलामा भने दुवै अलग भए। यसले गर्दा मेरी बास्सै कार्यक्रमको पनि लामो भविष्य नरहेको बताइन्छ।  
मेरी बास्सै र तीतो सत्य मात्र होइन, जिरे खुर्सानी, झ्याइँकुटी झ्याइँ, भुइँचालोलगायतको हालत पनि यस्तै छ। यी सबै हास्य टेलिशृंखला नेपाल टेलिभिजनका लागि बोझ बनिसकेको बताइन्छ। 

तरुण 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis