CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ‘६ एकान ६’ले फाँड्ला भन्ने लागेकै थिएन

‘६ एकान ६’ले फाँड्ला भन्ने लागेकै थिएन

deepak raj giriयतिबेला समग्र नेपाली चलचित्र क्षेत्र उत्साहित छ। कारण हो– चलचित्र ६ एकान ६ को सफलता। नेपाली चलचित्र नचलिरहेको अवस्थाले निराश भएका चलचित्र निर्माताहरू ६ एकान ६ को सफलतापछि राम्रो चलचित्र बनाउन सके दर्शकहरू सिनेमा हल धाउन छोड्दारहेनछन् भन्ने मानसिकतामा पुगेका छन्। आफ्नो समूहले निर्माण गरेको चलचित्रको
अपार सफलताले उत्साहित र प्रफुल्ल बनेका कलाकार एवम् निर्माता दीपकराज गिरीको अनुभव पनि यस्तै छ।
० दीपकजी, ‘६ एकान ६’ले उधुम नै मच्चाएको हो त?
– अब त्यै भन्नुपर्योन। अहिले यस्तै चर्चा छ चलचित्र बजारमा।
० यहाँ त सबै निर्माता आफ्नो फिल्म चलेको दाबी गर्ने गर्छन् नि?
– ‘६ एकान ६’ले दाबी गरेको होइन, प्रमाणित नै गरेर देखाएको छ। हाम्रो टिमले गफ दिएको होइन, यथार्थ दुनियाँसामु छर्लङ्ग छ।
० किन चल्यो होला यो चलचित्र?
–  दर्शकले खोजेको चिज पाए होलान् भन्नुपर्योग।
० व्यापारचाहिँ कति गर्यो नि, भन्न मिल्छ?
– मिल्छ, किन नमिल्नु? हामी त घामजस्तै छर्लङ्ग छौँ। माघ महिनाको पहिलो हप्तासम्म दुई करोडको हाराहारीमा व्यापार गरेको छ।
० दर्शक त रहेछन् नि। किन नेपाली फिल्म हेर्ने दर्शक छैनन् भनेका होलान्?
– चिज नराम्रो बनाउने अनि नचलेपछि दर्शकलाई दोष दिनेले चलाउने हल्ला हुन् यी। दोस्रो हप्तासम्म पनि ६ एकान ६ हेर्न आउनेको सङ्ख्यामा कमी आएको छैन। अहिले रातारात जन्मिएका दर्शक त होइनन् नि उनीहरू।
० सिनेमा हलमा लगाएको पहिलो दिन कस्तो लागेको थियो तपाईंलाई?
– बच्चा पाउन लागेकी महिलाजस्तो। बच्चा कस्तो जन्मिने हो भन्ने चिन्ता थियो। हामीलाई पैसाभन्दा पनि करिअरको सवालले सताएको थियो। रिलिजको अघिल्लो रात चिन्ताले सुत्दै सुतिएन।
० कस्तो करिअरको चिन्ता भनेको?
– टेलिभिजनका ‘जोकर’हरूले पिचर फिल्म धान्न सक्दैनन्। यिनीहरू अब डुबे भनेर हाँस्नेहरूको जमात ठूलो थियो क्या …।
० तपाईहरूमाथि हाँस्नेहरू अहिले के भन्न थालेका छन् त?
– उनीहरूको मूल्याङ्कन गलत थियो। ६ एकान ६ को सफलताले उनीहरूलाई पोलेको छ, तर देखावटी रूपमा भए पनि हामीलाई बधाई दिन भने उनीहरूले कञ्जुस्याइँ गरेका छैनन्।
० फिल्म बनाउनुभयो, के कुरा नयाँ थाहा पाउनुभयो?
– अर्काको फिल्म नचल्दा खुसी हुने चलचित्रकर्मीहरूको व्यवहारबारे थाहा पाएँ। सिसाको घरमा बसेर अरूको सिसाको घरमा ढुङ्गा हान्ने गजवको प्रवृत्ति रहेछ यहाँ।
० सोच्नुभएको थियो यसरी फिल्म चल्छ भनेर?
– चल्छ भन्ने विश्वास त थियो, तर यसरी नै फाँड्ला भन्नेचाहिँ थिएन।
० सिनेमामा त तपाई हावी हुनुभएको छैन नि? 
– त्यो त गर्नै हुन्नथ्यो। यो सिनेमामा सबै हिरो हुन्। सबैको भूमिका बराबरी छ। यो कुरालाई दर्शकले पनि विश्वास गर्नुभएको छ।
० अब के छ त तयारी?
– अब फेरि अर्को नयाँ चलचित्र बनाउँछौँ हामी। योभन्दा पनि स्तरीय चलचित्र त दर्शकहरूलाई दिनैपर्योि नि। ६ एकान ६मा उहाँहरूले दिनुभएको साथ र मायालाई आत्मसात् गर्दै नयाँ बनाउने योजना गर्दै छौँ। - See more at: http://www.weeklynepal.com/2014/01/23/6-eakan-6-le-fadla-vanne-thiyena/#.UuecoM5s7Dc
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis