CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » Video - योनीलाई कसिलो बनाउने क्रिम बजारमा रे

Video - योनीलाई कसिलो बनाउने क्रिम बजारमा रे


कुमारी बनाउने क्रिम बनाएको भारतीय कम्पनीको दाबी


नयाँ दिल्ली, भदौ १३ (एजेन्सी)- एक भारतीय कम्पनीले खुकुलो योनीलाई कसिलो बनाउने क्रिम बजारमा ल्याउन लागेको बताएको छ। मुम्बईस्थित 'एटिन अगेन' उत्पादन गर्ने कम्पनी अल्ट्राटेकका अनुसार भारतमा पहिलोपल्ट यस्तो क्रिम उपलब्ध हुन लागेको हो। 'एटिन अगेन' क्रिम योनी कसिलो बनाउने पहिलो क्रिम भएको कम्पनीले दाबी गरेको छ।

कम्पनीले क्रिम प्रयोगपछि खुकुलो योनी भएका महिलाले फेरि कौमार्यको अनुभूति गर्ने विज्ञापनमा उल्लेख गरेको छ। कम्पनीले अझै एक कदम अघि बढेर क्रिमले महिला सशक्तीकरणमा सहयोग पुग्ने दाबी गरेको छ। आलोचकले भने यसबाट महिला सशक्तीकरणमा नकारात्मक प्रभाव पर्ने बताएका छन्।
'एटिन अगेन' क्रिमको विज्ञापनमा सारी लगाएकी एक महिला गाउँदै नाचिरहेकी छन्। बलिउड शैलीका फिल्मजस्तो विज्ञापनमा ती महिलालाई म्याडोनाको हिट गीत 'आई फिल लाइक अ भर्जिन' गुन्गुनाइरहेकी देखाइएको छ। उनका सासुससुरा चकित छन् र पति उनको नाचमा सामेल हुन्छन्। क्रिमको कुरा सुनेर सुरुमा नाक खुम्च्याउने उनकी सासुले अनलाइनबाट क्रिम किन्न लागेको उक्त विज्ञापनको अन्त्यमा देखाइएको छ।

अल्ट्राटेकका मालिक ऋषि भाटियाका अनुसार क्रिमको मूल्य दुई हजार पाँच सय भारतीय रुपैया पर्छ। सुनको भस्म, एलोभेरा(ध्युकुमारी), बदाम र अनाजजस्ता पदार्थबाट क्रिम बनाइएको उनले बताए। उनले क्रिमको क्लिनिकल टेस्टसमेत भइसकेको बताए।
उनको भनाइमा क्रिम अनौठो क्रान्तिकारी उत्पादन हो। यसले महिलाको आत्मविश्वास बलियो बनाउने र आत्मसम्मान वृद्धि गर्ने उनले बताए। महिलाको सशक्तीकरण गर्नु क्रिमको लक्ष्य भएको भाटियाले बताए। क्रिमले महिलालाई कुमारी बनाउने दाबी गरेको नभएर कुमारित्वको अनुभूति गराउने मात्र भएको उनको भनाइ छ।
कम्पनीको क्रिम विज्ञापनको महिला समूह, डाक्टर र सामाजिक सञ्जालका कतिपयले कडा आलोचना गरेका छन्। आलोचकको भनाइमा क्रिमले रुढीवादी भारतीय परम्पराको समर्थन गर्छ। रुढीवादी परम्परा अनुसार बिहेअघि यौनसम्पर्क गर्नु पाप मानिन्छ।
नेसनल फेडरेसन अफ इन्डियन वुमनकी एनी राजा भन्छिन्, 'यस्ता क्रिम वाहियात हुन् र यसले महिलामा हीन भावना ल्याउन सक्छ।'

 उनी प्रश्न गर्छिन्, 'महिलाले मात्र विवाह नगरुन्जेल यौन सम्पर्क गर्न किन नहुने? कसैसँग यौन सम्पर्क गर्नु/नगर्नु महिलाको व्यक्तिगत अधिकारको कुरा हो।' उनका अनुसार क्रिमले महिला सशक्तीकरण गर्ने नभएर पुरुषप्रधान पितृसत्तात्मक मान्यतालाई बलियो पार्छ।
मुम्बई मिरर र बेंग्लोर मिरर अखबारमा सेक्ससम्बन्धी सल्लाह दिने स्तम्भकार गाइनोकोलोजिस्ट डाक्टर महिन्दा वत्सका अनुसार भारतीय समाजमा कुमारी हुनु अझै पनि ठूलो कुरा मानिन्छ। उनी बिहेसम्म महिला कुमारी नै हुनुपर्ने सोचमा यो शताब्दीमा परिवर्तन आउने कुनै सम्भावना देख्दैनन्। उनका अनुसार घरबाहिर काम गर्ने महिलामा पुरुषसँगको सम्बन्धबारे आत्मविश्वास बढेको छ।
एउटा वेबसाइटमा यौनस्वास्थ्य सम्बन्धी सल्लाह दिने डक्टर निसरिन नखोडा भन्छिन्, 'मलाइ थाहा छैन, एटिन अगेनले के गर्छ र कसरी काम गर्छ? किनभने योनीको मांसपेसी फरक खालको हुन्छ।' उनी भारतमा परिस्थितिमा परिवर्तन आए पनि रुढीवादी धारणामा कुनै परिवर्तन नआएकाले यस्ता क्रिमले भारतमा कुस्त कमाउने पक्का भएको बताउँछिन्।
खुकुलो योनीलाई कसिलो बनाउने क्रिम एटिन अगेनभन्दा पहिले बजारमा आएको योनीको स्किन गोरो बनाउने क्रिमबारे पनि भारतमा विवाद उठेको थियो। यसलाई भारतीय समाजमा परम्परागत मान्यताको नयाँ विचारसँग टकराव बढिरहेको उदाहरणका रूपमा हेर्न सकिन्छ। क्रिम उत्पादक कम्पनीका मालिक भाटिया भने यसबारे विवाद गर्नु अनावश्यक भएको बताउँछन्।


































-- नागरिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis