CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बिध्यार्थीले नै थाले हतकडी देखाएर ठगी गर्न...

बिध्यार्थीले नै थाले हतकडी देखाएर ठगी गर्न...


४ असोज, काठमाण्डौं । राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीसँग किताव-कापी मात्र होइन, हतकडी पनि भेटिएको छ । ती विद्यार्थीले हतकडी देखाएर ठगी गर्दै आएको रहस्य खुलेको खबर सौर्य दैनिकले छापेको छ ।
प्रहरीले मकवानपुरको हेटौडा-४ का २२ बर्षका सुरजकुमार सिंहलाई बुधबार ठमेलबाट हतकडीसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंले एक महिनादेखि थालेको सिल एन्ड सर्च अपरेसन अन्तर्गत महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले जाँचका क्रममा सिंहलाई पक्राउ गरेको हो । सिंहले बा. ४९ प ६२७७ नम्बरको स्कुटरको डिकीमुनि लुकाईराखेको अवस्थामा हतकडी फेला परेको थियो ।
काठमाण्डौं -७ मा डेरामा बस्दै आएका सिंह बानेश्वर स्थित हिमालयन कलेजको विविएस दोस्रो बर्षका विद्यार्थी हुन् । प्रहरीले दिएको जानकारी अनुसार सिंहले आफु प्रहरी हो भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने गरेका थिए । उनले सात जनाको लुटेरा समूहनै बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis