CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पहिरोले ५० मिटर तल खस्यो तर घर सग्लै!

पहिरोले ५० मिटर तल खस्यो तर घर सग्लै!


पहिरोले बगाएर तल झारेको घर। फोटो सौजन्यः नारायण अर्याल

नेपालीमा एउटा उखान छ- ‘गैराको घरलाई पैराको डर, डाँडाको घरलाई ..डाको डर’
बोलिचालीको उखान भए नि सभ्यताका कारण पूरै उखान लेख्न मिल्दैन। तर यसको अर्थ हुन्छ- गहिरो ठाउँमा घर भयो भने पहिरोको डर हुन्छ, डाँडामा घर भयो भने केको डर? उखान गलत साबित भएको छ। डाँडाको घरमा पनि पहिरोको डर हुने देखिएको छ। लगातारको वर्षाले काठमाडौँको कीर्तिपुरनजिकैको तीनथाना गाविसको डाँडामा बनेको एउटा घर मंगलबार पहिरोले करिब ५० मिटर तल झारिदिएको छ। धन्न, घरमा बस्ने मान्छेहरुलाई भने केही भएको छैन।
पहिरोले बगाएको घर। फोटो सौजन्यः ज्ञानबहादुर महर्जन

केही मिनेटको फरकमा नै घर माथिबाट तल आइपुग्यो। पहिले एउटाको जग्गामा थियो घर, अहिले अर्कै जग्गामा। यो पक्की घर सर्लाहीका बासिन्दा सुनील यादवले एक वर्षअघिमात्रै बनाउन सिध्याएका रहेछन्। पहिरोले घर बगाउन लाग्दा भूँइचालो आएको ठानेर घरभित्र भएकाहरु भाग्न भ्याएका रहेछन्।
पहिरोले पूरै घरलाई जगैसहित बगाएर ५० मिटरजति तल खोल्सामा पुर्‍याए पनि घरको संरचनामा खासै केही क्षति नपुग्नु अचम्म रह्यो। घरको झ्याल, ढोका जस्ताको तस्तै छ।
पहिरोले बगाएको घर। फोटो सौजन्यः ज्ञानबहादुर महर्जन

किन भयो त यस्तो ? 
त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका उपप्राध्यापक रञ्जनकुमार दाहालले Rainfall Induced Landslide विषयमा नै Kagawa University मा अध्ययन गरेका छन्। उनले पहिरोको फोटो हेरेपछि फेसबुकमा यसको कारण खोतल्दै यसो लेखेका छन्- तीनथानाको पहिरोको फोटो हेर्दा, रोटेसनल फेलर भएको प्रस्ट देखियो। यस्तो पहिरो क्ले बढी भएको जमिनमा प्रशस्त पानी परेपछि हुन्छ। तर पानी पुरै मिसिनु पर्छ भन्ने छैन। unsaturated soil mechanics related यो हाम्रो लागि राम्रो अनुसन्धानको विषय हुनसक्छ। काठमाडौँका ढिस्कोहरुमा बनेका सबै घरहरु यस्तो पहिरोको जोखिममा छन्।

फोटोहरुः सुरुको नारायण अर्याल, बाँकी सबै ज्ञानबहादुर महर्जन।


By Salokya, on mysansar, September 19th, 2012
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis