CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पूर्वराजा र प्रचण्डको पोखरामा जम्काभेट

पूर्वराजा र प्रचण्डको पोखरामा जम्काभेट


८ असोज, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार पोखरामा जम्काभेट भएको छ । स्याङजाको धार्मिक भ्रमण सकेर पोखरा र्फकदै गरेका पूर्वराजा शाह र पोखराबाट अनदु डाँडा शान्ति स्तुपतर्फ जाँदै गरेका प्रचण्डबीच सिद्धार्थ राजमार्गस्थित खाडेखोला नजिकै साँझ जम्काभेट भएको हो
। पूर्वराजा र प्रचण्डबीच एकअर्काको गाडीबाट हेराहेर भएको थियो ।
सुरुमा कुन भिआइपीको सवारी हो भनी अन्योलमा परेका शिवसेनाका कार्यकर्ता प्रचण्ड भन्ने थाहा पाएपछि राजतन्त्रको पक्षमा नाराबाजी गर्न थालेका थिए । त्यतिबेला पूर्व राजाको गाडी अगाडी हुँइकिसकेको थियो । तर, प्रचण्डको गाडी बीचमा परेपछि उनलाई क्रस गराउन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको खबर सौर्य दैनिकले छापेको छ । उनको सुरक्षार्थ खटेका सुरक्षाकर्मीले गाडीबाट ओर्लेर नै व्यवस्थापन गर्नुपरेको थियो ।
प्रचण्ड कास्कीको अन्तुडाँडा स्थित पिस ड्रागन लजमा बसेका थिए । उनको पोखरा भ्रमणको उद्देश्य भने खुल्न सेकेको छैन् ।

--online khabar
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis