CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सेक्स जीवनकै पहिलो प्राथमिकता : अध्ययन

सेक्स जीवनकै पहिलो प्राथमिकता : अध्ययन

लन्डन, मंसिर ४ (एजेन्सी) - सेक्सलाई मानिसले प्राथमिकताको जुनसुकै सूचीमा राखेपनि एक अध्ययनले भने यसलाई मानवीय गतिविधिको प्राथमिकताका आधारमा पहिलो स्थानमा रहने देखाएको छ। दैनिक गतिविधिको सबैभन्दा बढी महत्वपूर्ण, रोमाञ्चक र सहभागिताका आधारमा सेक्सले पहिलो स्थान लिएको हो। 

रक्सीमा रमाउनु मानवीय रुचीको दोस्रो प्राथमिकतामा परेको
छ। सबैभन्दा कम प्राथमिकतामा भने विरामी हुनु परेको छ। फेसबुकमा भुल्नु पनि प्राथमिकतामा पछाडि परेको छ। 
युनिभर्सिटी अफ क्यान्टव्युरी न्युजिल्यान्डमा गरिएको अध्ययनले यस्तो परिणमा देखाएको हो। पश्चिरमी मुलुकमा मानिसहरु चिन्ताग्रस्त हुँदै गइरहेको र यो रोगले धेरैलाई प्रभावित पारेपछि विश्वरविद्यालयले मानिसको रुचीबारे अध्ययन गरेको थियो। उनीहरुको खुशी खोज्न यस्तो अध्ययन भएको हो।
केले मानिसलाई खुशी बनाउँछ ? प्राथमिकताको आधारमा 
१. सेक्स
२. रक्सी पिउनु
३. समाजसेवा
४. ध्यान/धर्म
५. बच्चा स्याहार सुसार
६. गीत सुन्नु
७. समाजमा घुलमिल हुनु
८. समय कटाउनु
९. किनमेल
१०. खेलकुद

केले मानिसलाई दिक्दार बनाउँछ ? प्राथमिकताको आधारमा
१. विरामी हुनु
२. फेसबुक
३. घरको काम
४. पढ्नु
५. म्यासेज गर्नु
६. लेक्चर सुन्नु
७. तलबी काम
८. घुमिरहनु
९. कम्प्युटरमा काम गर्नु
१०. लुगा धुनु
स्रोत : डेली मेल





साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis