CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भाडामा प्रेमिका ..क्या मोज

भाडामा प्रेमिका ..क्या मोज

मलेसियामा केही संस्थाले भाडाकी प्रेमिका आपूर्ति गर्न थालेका छन्। करारका ती प्रेमिकालाई निश्चित रकम तिरेपछि केवल एक रातका लागि  होइन, हप्ता तथा महिना दिनसम्मका लागि आफ्नो साथ राखेर चाहेको कुरा गर्न पाइन्छन्। मलेसियाको एक समाचारपत्रअनुसार यसरी  भाडामा प्रेमिका लिँदा दिनको ४ सय रिंगेट तिर्नुपर्छ भने युवतीको जीउडाल तथा बैंस हेरेर हप्ताको ६ हजार रिंगेटसम्म पर्न सक्छ। मले सियामा फोन तथा इन्टरनेटमार्फत यस्तो व्यापार निकै फस्टाइरहेको बताइन्छ। लामो समयसम्म युवतीसँग रोमान्स गर्न पाइने र त्यसो गर्दा  केवल एक रातको सेक्स पार्टनरभन्दा पनि
साँच्चैकी प्रेमिकाको आभास हुने भएकाले धेरै एक्ला तन्नेरीहरूले यो अफरको पर्याप्त उपयोग  गरिरहेको बताइन्छ। करार अवधिभर ती युवतीलाई भाडामा लिनेहरूले सपिङ, नाइट क्लब तथा चलचित्र हेर्न सँगै लान सक्छन्। अझ भाडाकी  युवती राम्री भए आफ्नी गर्लफ्रेन्ड भनेर साथीहरूसँग फुर्तीसमेत लगाउन पाइन्छ्। कतिपय अवस्थामा त साँच्चीकै प्रेम बस्ने सम्भावना पनि  हुन्छ। यस्तो लभ प्याकेज भियतनाममा निकै चल्तीमा रहेकोमा अहिले मलेसियामा पनि अवैध रूपमा फैलिरहेको हो। मलेसियामा यसरी  भाडामा दिइने युवतीहरूमा भियतनामी मात्र नभएर चाइनिज, फिलिपिनो तथा इन्डोनेसियनसमेत छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis