CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बलिउडमा चलेन सेक्स

बलिउडमा चलेन सेक्स

सन् २०१२ मा बलिउड सेन्सर बोर्डको कैची निकै कम चल्यो। उदार हुँदै गएको सेन्सरको फाइदा उठाउँदै पर्दामा दर्शक तताउने दृश्यहरू  अत्यधिक राखिए। एक प्रकारले चलचित्र निर्माताहरूबीच कसले सबैभन्दा कामुक दृश्य खिचाउने भन्ने होडबाजी नै चलेको देखियो। 

वर्ष २०१२ मा सर्वाधिक चर्चा पूजा भट्टको निर्देशनमा बनेको चलचित्र
'जिस्म टु' ले पायो। भारतीय मूलकी पोर्न स्टार सनी लियोनद्वारा  अभिनीत उक्त चलचित्रको कामोत्तेजक दृश्य हेर्न दर्शक ओइरिए पनि पोर्न चलचित्रमा सर्वस्व देखाइसकेकी लियोनको उदारता दर्शकले खासै  रुचाएनन्। दर्शकले चलचित्रमा भएका कामुक दृश्यलाई सामान्य रूपमा लिए। पहिलो साता निकै कमाइ गरेको यो चलचित्रले त्यसपछि दर्शक  पाएन, यद्यपि १ करोडको लागतमा बनेको 'जिस्म टु' ले एक हप्तामै ४६ करोड कमायो। 

दर्शकलाई उत्तेजनामा ल्याउन विक्रम भट्टको निर्देशनमा बनेको चलचित्र 'हेट स्टोरी' का दृश्यले पनि निकै काम गर्‍यो। दक्षिण भारतीय  अभिनेतृ पाउली दामको कामोत्तेजक दृश्यलाई दर्शकले खासै रुचाएनन्। बक्स अफिसमा चलचित्र हेड स्टोरीले आंशिक सफलता पनि पाएन। 

ढल्कदो जवानी र करियर बचाउन रानी मुखर्जीले उत्तेजक आइटम गीतको सहारा लिनुपर्‍यो। अनुराग कश्यपको निर्देशनमा उनले चलचित्र ' अइया' मा दक्षिण भारतका स्टार पृथ्वीराजसँग कामुक नृत्य गरिन्। चलचित्रमा समावेश तीनवटा गर्मागरम आइटम गीतमा रानीको 'जलवा'  ले पनि चलचित्र चलेन। 

यश चोपडाको अन्तिम चलचित्र 'जब तक है जान' मा शाहरुख खान र कटरिना कैफबीचको एउटा कामुक दृश्य निकै चर्चामा रह्यो। भनिन्छ,  त्यो आफ्ना प्रतिद्वन्द्वी सलमान खानकी पूर्व प्रेमिकासँग त्यस्तो दृश्य खिचाएर सलमानको खिसी गर्ने शाहरुखको चाल थियो। दर्शकले भने  उक्त दृश्यलाई सामान्य माने। 

अर्जुन रामपाल फरक खालका भूमिकामा छाउने कलाकार हुन्। यसपटक उनले चलचित्र 'चक्रव्युह' मा नायिका ईशा गुप्तासँग अन्तरंग दृश्य  दिए। कामोत्तेजक दृश्य भएर पनि चलचित्र 'चक्रव्युह' ले दर्शक पाएन र रामपालको खातामा एउटा अर्को फ्लप थपियो। बलिउडका सिरियल  किसर इमरान हासमीले यो वर्ष पनि लगातार तीनवटा चलचित्र 'मर्डर टु' 'रस' र 'जन्नत टु' मा नायिकाहरूको अधरपान गरे साथै उनीहरूसँग बेडसिन पनि। अब त हासमीका त्यस्ता दृश्य दर्शकलाई साधारण लाग्न थालेको छ। 'जन्नत' मा नायिका ईशा गुप्ताका साथ हट सिन  दिएका इमरानले 'मर्डर टु' मा ज्याकलिन फर्नाडिसका साथ त्यस्तै हट सिन दिए, तर 'राज थ्री' मा विपाशा वसुसंगको उनको गरमागरम दृश्य दर्शकले रुचाए। त्यसैले त उक्त चलचित्रले ८० करोडको व्यवसाय गर्‍यो। कुणाल खेमुले आफूलाई इमरान हासमी बनाउने असफल प्रयास  गरे। चलचित्र 'ब्लड मनी' का लागि उनले नायिका कोयल पुरीसँग गरमागरम दृश्य दिए। यद्यपि चलचित्र भने फ्लप भयो।


साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis