CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » संगै जियौं , संगै मर्यौं एउटै चितामा

संगै जियौं , संगै मर्यौं एउटै चितामा

खोटाङ, माघ १८ - अधिकांश नवजोडीको इच्छा हुन्छ 'सँगै ज्यूँने अनिसँगै मर्ने'। सँगै बाँच्ने र सँगै मर्ने वाचाकसम खाँदै दाम्पत्य जीवनमा बाँधिन्छ हरेक नवजोडी तर जन्म र मृत्युको कुनै ठेगान हुन्न। कमैको मात्र यस्तो इच्छा पूरा हुन्छ।

संयोगवश, खाल्ले-६ का ७३ वर्षीय हरिबहादुर र ६५ वर्षीया नरमाया खतिवडाको सँगै मर्ने वाचा पूरा भएको छ।

बाह्र घन्टाको फरकमा खतिवडा दम्पतीको मृत्यु भएपछि साप्सु खोलामा एउटै चितामा राखेर दाहसंस्कार गरिएको स्थानीयवासी कृष्णकुमार थापाले बताए। खतिवडा दम्पतीको अपराह्न २ बजे र श्रीमतीको त्यही राति २ बजे निधन भएको छिमेकीको भनाइ छ।
श्रीमान्लाई एउटै चिताको दायाँ र श्रीमतीलाई बायाँतर्फ राखेर जलाइएको थियो। प्रेम विवाह गरेका खतिवडा दम्पतीका पाँच छोरा र छ छोरी छन्। चार छोरा विदेशमा रहेकाले उनीहरूको दाहसंस्कारमा एक छोराको मात्र उपस्थिति थियो। रासस
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis