CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रधानमन्त्रीले भने-'मलाई गोली हाने हुन्छ'

प्रधानमन्त्रीले भने-'मलाई गोली हाने हुन्छ'

प्रधानमन्त्रीले ट्वीटरमा देखाएको सक्रियताबारे मिश्रति प्रतिक्रिया
Baburam Bhattarai pm

काठमाडौ, माघ ९ - दुई दिन अघि मात्रै माइक्रो ब्लगिङ ट्वीटर एकाउन्ट खोलेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई मेन्सन गरेर सोधिएको प्रश्नको उत्तर दिएपछि ट्टीटर सञ्जालमा यसबारे चर्चा सुरु भएको छ ।
'बिहारमा ५ बर्षमा विकास भयो, हामीले कतिन्जेल आशावादी बन्ने हो', भन्दै ओमभक्त उप्रेतीले ट्वीटरमा दुई दिन अघि सोधेको प्रश्नमा प्रधानमन्त्रीले मंगलबार जवाफ दिएका छन्,'बिहारमा जस्तै मलाई ५ बर्षसम्म बहुमतीय सरकार चलाउन दिनु,
विकास गर्न सकिन भने गोली हाने हुन्छ ।'
प्रधानमन्त्रीको तर्फबाट आएको यस्तो जवाफले मंगलबार दिउँसो ट्वीटर सञ्जालमा तरंग फैलिएको थियो । या स्माइए फरेभरको नाममा रवी शर्माले शोलार ऊर्जामा ध्यान दिन प्रधानमन्त्रीलाई गरेको अनुरोधमो जवाफमा प्रधानमन्त्रीले लेखेका छन्, 'मैले सोलार प्रबर्द्धन गर्न खोज्दैछु । सिंहदरबारमा पनि सोलार जडान गर्न भर्खरै सम्झौता गरिएको छ ।'
मंगलबार बिहानै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा लोडसेडिङ दैनिक २ घण्टा घटाएको भन्दै ट्वीटेका थिए । गर्मीमा पनि १०-१२ घण्टा भन्दा बढी लोडसेडिङ हुन नदिने प्रण गरेका छन् । प्रधानमन्त्रीले ट्वीटरमा देखाएको सक्रियताबारे मिश्रति प्रतिक्रिया आएको छ ।
प्रधानमन्त्रीको रहेक ट्वीटरमा युवालाई सम्बोधन गरिएको छ ।
हालसम्मको उनलाई चार हजार तीनसय बढीले फलो गरेका छन् । यद्यपि उनले दुई नेपाली सहित अमेरिकी राष्ट्रपति बाराक ओमाबा र बिदेशी पत्रिकाको ट्वीटरलाई फलो गरेका छन् । ट्वीटरमा प्रधानमन्त्रीबाट फलो गरिएका व्यक्ति सञ्चारकर्मी प्रतिक प्रधान र रवीन्द्र मिश्र हुन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis