CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » न्यु यर रातमा रणवीर कट्रिनासँगै

न्यु यर रातमा रणवीर कट्रिनासँगै

katrina kaif

 न्युयोर्क (एजेन्सी), पुस २० - रंगीन दुनियाँमा प्रायः हल्लाहरू आइरहन्छन् । कुन हिरो कुन हिरोइनसँग हिमचिम बढाइरहेको छ अनि कसको कोसँग ठाकठुक परिरहेको छ ? यसका लागि पत्रकार जति चनाखो भइरहेका हुन्छन् त्योभन्दा बढी पापाराजी सल्बलाइरहेका हुन्छन्, सनसनीपूर्ण फोटो ल्याउन । यतिबेला पापाराजी बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफबीचको नयाँ सम्बन्धबारे खुलासा गर्न सफल भए । दुईबीचको सम्बन्धलाई बेलाबखत गाइँगुइँ हल्ला आउने गरेको पनि केही महिना हुन थालेका छन् । तर अब यो जोडी न्युइयर मनाउन न्युयोर्कमा भेटिएपछि खास सम्बन्ध रहेको पुष्टि भएको छ । क्रिसमस मनाउन परिवारसँगै लन्डन पुगेकी कटि्रना न्यु इयर पार्टीमा अनपेक्षित रूपमा रणवीरसँग फेला परेकी हुन् । भारतबाट उड्दा सबैले कटि्रना न्यु इयर पनि परिवारसँगै मनाउने ठानेका थिए । बाठी कटि्रनाले भने पापाराजीलाई समेत शंका उठ्ने ठाउँ नदिने गरी लन्डनबाट सुटुक्क रणवीरसँग एक पाँचतारे होटलमा पुगिन् । न्यु इयरको पूर्वसन्ध्यामा प्रेम जोडी हातमा हात जोडेर म्यानहटनका सडकमा घुमिरहेको पापाराजीले फेला पारेका थिए ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis