CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » साहरुख र सलमानको टक्कर

साहरुख र सलमानको टक्कर

shahrukh n salman
काठमाडौ, माघ १२ - भारतीय सेलिब्रेटीमध्ये आम्दानी र लोकपि्रयतामा साहरुख खान नम्बर एकमा परेका छन् । धनीको तथ्यांक राख्दै लोकिपि्रयता कमाएको अंग्रेजी पत्रिका फोब्र्सले पहिलो पटक निकालेको भारतीय सेलिब्रेटीको सूचीमा
खानलाई पहिलो नम्बरमा राखेको छ ।
अहिले सबैभन्दा चर्चित भनिएको दबंग स्टार सलमान खान र भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीलाई साहरुखको पछाडि राखिदा केहीलाई चित्त बुझेको छैन् । साहरुले खानको फिल्मसहित बिभिन्न कम्पनीको बिज्ञापन एम्बेसडरको रुपमा काम गर्दा लोकपि्रयता र आम्दानी बढी भएको फोब्र्सको दाबी छ ।
फोब्र्सले सन् २०११ को अक्टोबरदेखि सन् २०१२ को सेप्टेम्बरसम्म सेलिब्रेटीले गरेको आम्दानीलाई आधार मान्दै सूची सार्वजनिक गरेको हो । साहरुखले यो अवधीमा दुईसय २ करोड भन्दा बढी भारु आम्दानी गरेको फेाब्र्सले जनाएको छ । फोब्र्सले भारतीय खेलाडि, कलाकार, लेखक, संगीतकारको छुट्टछुट्टै सूृची सार्वजनिक गरेको थियो ।
सूचीका लागि उनीहरुको आम्दानी र सञ्चार माध्यम तथा सोसियल मिडियामा उनीहरुको उपस्थितिलाई आधार मानिएको पत्रिकाले जनाएको छ ।

प्रकाशित मिति: २०६९ माघ १२ ०१:१६ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis