CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » धुर्मुस र सुन्तली

धुर्मुस र सुन्तली


माघको चिसो मौसममा पनि खोटाङ सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदान भने सांगीतिक रमझममा मस्त थियो। खोटाङ युवा क्लब,  शान्तिनगर, काठमाडौं तथा तातिम इन्टरटेनमेन्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न 'बृहत् सांगीतिक एवं हास्यव्यंग्य' कार्यक्रममा आधा  दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति सकिएपछि पालो आयो गायक शिव परियारको। एउटा देउडासमेत सातवटा  गीत गाएर परियारले माटिकोरे खेलमैदानको वातावरण तताए। गायक परियारका सबै गीतमा दर्शकले तालीमात्र
बजाएनन्, पसिना छुट्ने गरी  नाचेर साथ दिए। अन्य कलाकार पनि के कम ? गायक विनोद खम्बु, आशिष ताम्राकार, मेलिना राई, सुमन सरगम, रेवत राई, सचिन राई,  दीपेश राई, लकेश राई, नारायण आचार्य, मनोमावी राई आदिका गीत पनि दर्शकहरूलाई नचाउने खालका थिए।

चर्चित हास्यजोडी सीताराम कट्टेल 'धुर्मुस' तथा कुन्जना घिमिरे 'सुन्तली'लाई दर्शकले घरको काम माया मारेर झमक्क साँझ पर्दासम्म पखिर् रहेका थिए। उनीहरूले देशको वर्तमान अवस्थालाई चित्रण गर्दै दर्शकहरूलाई पेट मिचीमिची हँसाए। 'ननस्टप' हाँसो गुञ्जिरह्यो। वर्तमान  राजनैतिक गतिरोध, अव्यवस्थित शान्ति सुरक्षा, दण्डहीनता, लोडसेडिङ, सामाजिक बेतिथि, विसंगति अनि फेसन मात्र होइन, खोटाङको अधुरो  विकास-निर्माणका विषयमा पनि तिखो प्रहार गर्न बाँकी राखेनन् यी हास्यजोडीले। आधा घण्टा लामो हास्य प्रहसनका माध्यमबाट धुर्मुस र  सुन्तलीले मुलुकमा थरी-थरीका दल आएको, नेताहरू आएको, वाइसिएल, तरुण दल, युथफोर्स सबै जन्मिएको तर सच्चा देशभक्त नागरिक  नजन्मिएको सन्देश दिए। यस्तै, नृत्याङ्गना पार्वती राईले पनि सबैलाई तताइन्। उद्घोषकले 'उध्रेको चोली' गीतमा नृत्य प्रस्तुत गर्ने घोषणा  गरेपछि दर्शकले पार्वतीको उध्रेको चोली हेर्न रातको आठ बजेसम्म कुर्नुपर्‍यो।






---दमन राई
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis