CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » राजाको मानहानी गरेकोमा एघार वर्ष जेल

राजाको मानहानी गरेकोमा एघार वर्ष जेल


बै‍‍कक (थाइल्याण्ड), माघ १० - थाइल्याण्डका राजा भूमिबोल अद्युल्यादेजको मानहानी गरेको आरोपमा एकजना राजनीतिक कार्यकर्तालाई त्यहाँको अदालतले ११ वर्षको जेल सजाय गरेको समाचार छ ।
    राजाको मानहानी गरेको आरोपमा विभिन्न दलका कार्यकर्ताहरुलाई कारबाही गरिदै आएको परिस्थितिमा पछिल्लो समयमा यो कारबाही बुधबार सार्वजनिक गरिएको समाचारमा जनाइएको छ ।
    तर यो कानुनका बारेमा भने थाइल्याण्डमा पछिल्लो
समयमा निकै विवाद उत्पन्न हुँदै आएको छ । सो विवादका कारण थाइल्याण्डको राजसंस्था नै विवादमा पर्ने डर रहेको पनि बताइएको छ ।
    सन् २०१० मा ती राजनीतिक कार्यकर्ताले एक पत्रिकामा लेखेको आलेखमा थाइ राजाको मानहानी भएको भन्दै उनलाई बुधबार सो सजाय सुनाइएको बताइएको छ ।
प्रुक्साकासमुर नामका ५१ वर्षीय ती व्यक्तिलाई दिइएको सो सजायको युरोपेली युनियनले भने विरोध गरेको छ ।
    युरोपेली युनियनले सो सजायको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै आज एक विज्ञप्ति प्रकाशन गरेको समाचारमा जनाइएको छ ।
    सो युनियनले निकालेको विज्ञप्तिमा समाचार वा लेख लेखेकै आधारमा यसरी जेल सजाय दिनु भनेको नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताकै हनन हो भनिएको छ ।
    त्यसैगरी विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि सो घटना थाइल्याण्डमा नागरिकको प्रेस स्वतन्त्रामाथिको ठूलो आक्रमण हो भनेको छ ।
     सो घटनालाई नागरिकको विचार तथा अभिव्यक्तिका साथै प्रेस स्वतन्त्रतासाग तुलना गरेर थाइल्याण्डमा पनि त्यसको व्यापक मात्रामा विरोध गरिएको छ ।
    थाइल्याण्डमा राजालाई जिवीत देवताका रुपमा मान्ने गरिन्छ । संवैधानिक रहेको सो राजसंस्थाका विरुद्धमा र उसको मानहानी हुने खालका समाचार वा आलोचना थाइल्याण्डमा सहन गरिादैन । रासस/एएफपी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis