काठमाडौं - हिमालयन बैंकमा दोस्रो पटक आधुनिक चिप्स कार्डबाट ठगी भएको थाहाभएको छ । ग्राहकको जानकारी बिनै भारतको नयाँ दिल्लीबाट कार्ड मार्फत अनाधिकृत रुपमा रकम झिकिएको थाहा पाएपछि बैंकले एकाएक सबै डेबिट कार्डको कारोबार रोकेको छ ।अनाधिकृत रुपमा झिकिएको रकम हाल एक करोडको हाराहारीमा देखिएपनि यो रकम पाँच करोडको हाराहारीमा पुग्नसक्ने बताइन्छ । हिमालय बैंकसगै, एनआईसी र एस डेभलपमेन्ट बैंकले पनि डेबिट कार्डको कारोवार रोकेका छन् । यो काण्डपछि हिमालयन बैंकका एक लाख २५ हजार, एनएआईसी बैंकका एक लाख र
एस डेभलपमेन्ट बैंकका ४० हजार डेबिट कार्ड प्रभावित भएका छन् ।
हिमालयलले एक वर्ष अघि नेपालमा सबैभन्दा सुरक्षित कार्ड भन्दै चिप्समा आधारित इएमभी कार्डको सुरुवात गरेको थियो, तर उक्त कार्डबाट दोस्रो पटक सिस्टमबाटै ठगी भएको छ ।
यसअघि कार्डबाट पौने ६ करोड रुपैयाँ हिनामिना गरेको भन्दै हिमालयन बैंकले आफ्नो डेपुटी म्यानेजरविरुद्ध प्रहरीमा उजुरी गरेको थियो । डेपुटी म्यानेजर अनिशभक्त सुवालले ५ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको आरोप बैंकले लगाएको छ ।
कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउदै पटक पटक गरेर झिकेका थिए । प्रहरीले पक्राउ गरेपछि सुवालले कार्ड सिस्टमबाट ठगी गरको आरोप उनले स्वीकार गरिसकेका छन् ।
पछिल्लो ठगीका क्रममा ग्राहकको जानकारीविनै भारतको नयादिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि हिमालय बैंकसगै, एनआईसी र एस डेभलपमेन्ट बैंकले पनि डेबिट कार्डको कारोवार रोकेका छन् ।
तीनै बैंकले सम्वन्धित बैंकमा पुगेर आफ्नो कार्डको पिन नम्वर र डेबिट कार्ड परिवर्तन गर्न समेत आग्रह गरेका छन् । हिमालयनको कार्ड सिस्टममा खाताबाट पैसा झिकेपछि मोवाइलमा एलर्ट दिने व्यवस्था छैन् । तीनै बैंकले अहिले मोवाइल एलर्टको थप फिचर राख्न लागिरहेका छन् ।
एलर्ट सिस्टम भए खाताबाट पैसा झिक्नासाथ ग्राहको जानकारीमा आउथ्यो, यसले ठूलो ठगी रोकिन्थ्यो । विदेशी फिचर ल्याउने तर एलर्ट गर्ने सामान्य एउटा सिस्टम नहुदा बैंकहरु ठूलो समस्यामा परेको देखिन्छ ।
हिमालयन बैंकले अहिलेसम्म भारतबाट अनाधिकृत रुपमा ४० लाख रुपैयाँ झिकिएको जानकारी दिएको छ ।
सबै कार्ड होल्डरको जानकारी लिएपछि यो रकम पाँच करोडभन्दा माथि पुग्ने सम्भावना छ । अन्य दुई बैंकबाट पनि रकम झिकिएको छ, तर त्यसको विस्तृत विवरण भने आएको छैन् । प्रारम्भिक नजिता अनुसार पाँच करोड देखिएको छ, यो रकम अझै बढ्ने निश्चित भएको बताइन्छ ।
--singh darbar
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !