CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » शिक्षकबाटै यौन दुर्व्यवहार पीडित हुन्छन् किशोरी

शिक्षकबाटै यौन दुर्व्यवहार पीडित हुन्छन् किशोरी

खजुरा (बाँके), माघ २३- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु विद्यालय शिक्षकहरुबाट कक्षा कोठामै यौन दुर्व्यवहार सहन बाध्य रहेको पाइएको छ। शिक्षकले गृहकार्य नगरेको वा सोधेको प्रश्नको उत्तर दिन नसकेको निहुँमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत गर्ने गरेको छात्राहरुको गुनासो छ। 

शिक्षकबाट पीडित महादेवपुरी गाविस-५ ढकेरीकी कक्षा-८ की १७ वर्षीया एक छात्राले शिक्षा हासिल गर्न विद्यालय पुगेका
कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुर्व्यवहारमा पर्ने गरेको बताउँदै शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने, अश्लील शब्दहरु प्रयोग गर्ने, भित्रl कपडाहरु तान्न खोज्ने प्रवृत्तिले कतिपय किशोरीले बीचमै पढाइ छाड्ने गरेको जनाइन्।
आफूलाई शिक्षा दिने शिक्षकबाट नै किशोरी छात्राहरु यसरी यौन दुर्व्यवहारको सिकार भइरहेका छन् भने अर्कोतर्फ महिनावारीको समयमा उनीहरुले पढाइ नै छाड्नुपर्ने अवस्था छ। महिनावारी हुँदाको समयमा विद्यालयमा आफूहरुले अनेकौँ समस्या र असहजस्थिति भोग्न बाध्य हुने गरेको किशोरी विद्यार्र्थी टीका डाँगी र दुर्गा विक बताउँछन्।
किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको सिविनले एक सर्वेक्षण गरेर किशोरीहरु शिक्षकबाटै दुर्व्यवहारको सिकार भएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो संस्थाका रमा अर्यालका अनुसार यौन शिक्षाको अभावमा कतिपय किशोरीलाई आफूमाथि हुने गरेको व्यवहार यौन दुर्व्यवहार हो भन्ने नै ज्ञान नरहेको पनि पाइएको छ। रासस
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis