CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?

प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?


भंग भइसकेको संविधान सभाको निर्वाचनले सबैभन्दा ठूलो दलको रुपमा ल्याएको एमाओवादीका अध्यक्ष प्रचण्डले विपक्षी नेता कसलाई मान्दा रहेछन् ?

कांग्रेस सभापति सुशील कोइराला ?
एमाले अध्यक्ष झलनाथ खनाल ?
कांग्रेस नेताहरु रामचन्द्र पौडेल वा शेरबहादुर देउवा ?
एमाले नेताहरु माधव नेपाल वा केपी ओली ?
अहँ। तपाईँ अचम्म हुनुभयो होला। विपक्षी नेताहरु यिनै त हुन् नि। विपक्षी पार्टीका प्रमुख नेताहरुलाई विपक्षीहरु अघि बढ्ने
रणनीति बनाउने मान्छे नमान्ने हो भने अर्को को छ त प्रचण्डको नजरमा ? माओवादीको मुखपत्रमा प्रचण्डले प्रचार प्रसार राज्य समितिको बैठकमा गरेको सम्बोधन भनेर लामो फेहरिस्त छापेको छ। त्यसमा विपक्षीहरुको ‘लिडर’ भन्दै फरक व्यक्तिको नाम लिइएको छ। 
त्यसमा भनिएको छ-

उनले आफ्नो त्यो सम्बोधनमा शान्ति प्रक्रिया र लडाकुलाई क्यान्टोन्मेन्टमा लगेर राखिसकेपछि लडाइँको मोर्चा बदलिएर कलमको मोर्चा वा प्रचारको मोर्चा प्रमुख भएको बताएका छन्। अर्थात् उनीहरुले अब मुख्य मोर्चा प्रोपोगान्डालाई बनाउँदैछन् भन्ने प्रष्टै छ।
उनले भनेका छन् उनीहरु जसरी योजनावद्ध र मेहनतका साथ लागे हामी लाग्न सकेनौँ। प्रचण्डले प्रचारकै कारण आफूहरु हार्नसक्ने चिन्ता पनि व्यक्त गरेका छन‌्-
बाहिर बाहिर महाधिवेशनपछि चुनावी सरकारको नेतृत्वका स्वतन्त्र व्यक्तिलाई दिने गरी सहमतिको नयाँ सूत्र भेटिने भनी प्रचार गरिए पनि भित्री कुरा अर्कै देखिएको छ। बाहिर माओवादीले कांग्रेस एमालेले पनि अस्वीकार गर्न नसक्ने सहमतिको सूत्र प्रस्तुत गर्ने भनिएको छ। तर आफ्ना प्रचार कार्यकर्ताहरुसामु भने उनले भनेका छन्- चुनावमा पनि सहमति बन्छ भन्ने देखिएको छैन। त्यसैले महाधिवेशनपछि पनि यो राजनीतिक अन्यौल हल हुनेमा शंकै छ। माओवादीहरु मोर्चा बदलिएको ‘युद्ध’ मै रहेको उनको भनाईले प्रष्ट पार्छ। पूर्ण रुपमा ‘सत्ताकब्जा’ नै यो युद्धको उद्देश्य हुनुपर्छ








By Salokya, on February 5th, 2013, on mysansar
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis