सीवान, भारतको बिहारको सीवान जिल्लाको असांव थाना क्षेत्रमा एक युवकको गुप्तांग काटेको मामलाले अहिले निकै चर्चा पाएको छ । यस घटनाका सिलसिला युवककी प्रेमिका र उनका दुइ भाइहरूलाइ प्रहरीले हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार, रघुनाथपुर गाउँमा बस्ने सुबोध एक तिलक समारोहमा असांव थाना क्षेत्रको सोनकारा गाउँमा गएका थिए
। यस क्रममा उनी आफ्नी प्रेमिकासंग भेटन उनको घरमा पुगे । यसै क्रममा युवतीका आफन्तहरूले ती युवकलाइ बन्धक बनाए र उनको गुप्तांग काटिदिए ।सूत्रका अनुसार, सुबोधको ती युवतीका साथमा करीब डेढ वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थिइ । यस सम्बन्धका कारण युवतीका परिवार तथा आफन्तहरू रिसाएका थिए । बताइए अनुसार ती युवकलाइ प्रेमिकाका परिवारलेनै घरमा बोलाएका थिए ।
असांव थानाका प्रमुख कमलेश कुमारले बताए अनुसार घाइते अबस्थाका सुबोधलाइ यहाँको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो, त्यहाँबाट उनलाइ थप उपचारका लागी पटनाको अस्पताल पठाइएको छ । यस घटनामा प्रेमिका र उनका दुइ भाइलाइ हिरासतमा लिएर अनुसन्धान भैरहेको बताइएको छ ।
(एजेन्सी)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !