CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ७४ वर्षमा युवा : जहाँ इच्छा त्यहाँ उपाय (पढ्नै पर्ने )

७४ वर्षमा युवा : जहाँ इच्छा त्यहाँ उपाय (पढ्नै पर्ने )


काठमाडौ, माघ २३ - लासभेगास -एजेन्सी)- अमेरिकाको लास भेगासका ७४ वर्षे चिकित्सक जेफरी लाइफ बूढो हुनबाट बँच्ने तरिका सिकाउँछन् । शरीरको बनावट र कार्य क्षमताले उनलाई आफ्नो उमेरभन्दा आँधी देखाउँछ । भर्खरका युवामा पनि उनको झैं पुष्ट मांसपेशी देख्न पाइन्न ।   
हँसिलो स्वभावका जेफरी मृदुभाषी र फूर्तिलो छन् । पेशाले चिकित्सक उनी दीर्घायुको
कामना गर्ने कारोबारका 'पोस्टर ब्बाई' बनेका छन् । ५० वर्षको उमेरमा भुँडे आकृतिको शरीरले उनमा मृत्युको त्रास उत्पन्न भएको थियो । 'यतिबेला मेरो उमेर गजब आकृतिको हुन गएको थियो,' उनी भन्छन्, 'बोसोले उत्पन्न मधुमेह र मुटुको रोगले हैरान थिएँ ।'
तनावमा दिन बितिरहेको बेला कुनै रोगीले उनको क्लिनिकमा एक दिन मांसपेसीलाई गठिलो बनाउने पत्रिका बिर्सेर गएछन् । यही पत्रिकाबाट प्रेरित भएर उनले आफ्नो शरीरलाई सही आकारमा ल्याउने निर्णय गरे । उनले एक वर्षभित्र जिममा अभ्यास गरेर शरीरलाई युवा रूप दिन सफल भए । सन् १९९८ मा उनले शरीरमा नाटकीय परिवर्तन ल्याउन सफल व्यक्तिहरूको प्रतियोगिता 'बडी फर लाइफ' मा सहभागी भए । ५५ वर्ष उमेरमाथि सहभागी यो प्रतियोगितामा उनी प्रथम भए ।
'यो प्रतियोगिताले उमेरका बारेमा व्याप्त परम्परागत धारणामा परिवर्तन ल्यायो,' उनी भन्छन्, 'जीवन परिवर्तन भयो, मेरो लागि यो राम्रो अनुभव थियो ।' तर, उमेर बढ्दै जाँदा शारीरिक सन्तुलन कायम राख्न उनलाई कठिन भयो । ६० वर्षको उमेर पार गरेको बेला लास भेगासमा भएको चिकित्सकीय सम्मेलनमा उनको भेट 'सेनेजेनिक्स' नामक एज म्यानेजमेन्ट कम्पनीसँग भयो । यो कम्पनीले ग्राहकलाई युवा देखाउन र महसुस गराउने दाबी गर्दै आएको थियो ।
डा.जेफरीलाई उक्त कम्पनीको कुरा मन पर्‍यो । उनले सही कसरत र पोषणको प्रयोग गर्न थाले । यो क्रममा उनले हर्मोनमा गडबडी भएमा लक्ष्य प्राप्त गर्न नसकिने थाहा पाए । रगतको परीक्षण गराउँदा उनको शरीरमा टेस्टोस्टेरोनको मात्र निकै कम पाइयो । उनले साप्ताहिक रूपले यो हर्मोनको सुई लिन सुरु गरे । यो हर्मोनको कमी हुँदा व्यक्तिमा जिम जाने चाहना पनि कम हुने गरेको उनी बताउँछन् । उनको अनुसार जिम गए पनि एक्सरसाइज गर्ने इच्छा हुँदैन । विशेषज्ञ एवं चिकित्सकको राय अनुरूप शरीरमा हर्मोनको सन्तुलन राख्न सकेमा मान्छेको जीवनमा उमेर बाधा भएर नआउने उनको बुझाइ छ । 'जीवनमा स्वस्थ र सन्तुलित रहनु आवश्यक छ,' उनी भन्छन्, 'उमेर युवा छ र शरीर रोगी, जिउनुको के मतलब ?'

प्रकाशित मिति: २०६९ माघ २३ ११:०७
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis