CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » काठमाण्डौं विश्वकै चौथो

काठमाण्डौं विश्वकै चौथो


२४ माघ, काठमाण्डौं । देशभित्र काठमाण्डौं उपत्यकालाई महँगो सहर मानिए पनि विश्वका सहरको सूचीमा काठमाण्डौं निकै तल परेको छ । इकोनमिस्ट इन्टेलिजेन्ट युनिट (ईआईयू)ले सार्वजनिक गरेको अध्ययन
प्रतिवेदनमा काठमाण्डौं चौथोमा परेको हो ।
ईआईयूले हरेक दुई बर्षमा यस्तो अध्ययनको नतिजा सार्वजनिक गर्दैर् आएको छ । अध्ययनमा समावेश देशका १ सय ६० उत्पादन, सेवा, घरभाडा, शिक्षण शुल्क, घरयसी प्रयोजनका सामाग्रीलगायतको तुलनात्मक विश्लेषक गरिएको छ । यस बर्ष ईआईयूले सार्वजनिक गरेको महँगा सहरको पहिलो नम्बरमा जापनाको टोकियो परेको छ भने सस्तोमा पाकिस्तानको कराँची देखिएको छ । बलिउडको वर्चस्व रहेको मुम्बई धेरैले महँगो सहर होला भन्ने आँकलन गर्छन् ।
तर, सो अध्ययन प्रतिवेदनमा मुम्बई दोस्रो सस्तो सहरको सूचीमा परेको छ । त्यस्तै तेस्रो स्थानमा भारतकै नयाँ दिल्ली परेको छ । सस्तो सहरको सूचीमा एसियाली सहरको वर्चस्व रहेजस्तै मँहगा सहरको सूचीमा पनि एसियाकै सहरहरु परेको राजधानी दैनिकमा खबर छ ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis