CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नेपाली हिरोको रहस्यमय इन्डोनेशिया भ्रमण

नेपाली हिरोको रहस्यमय इन्डोनेशिया भ्रमण

 
काठमाण्डौ, २०६९ माघ २० गते। आफू अभिनित फिल्म ''रिदम''को प्रिमियर सहित घुमघामका लागि अष्ट्रेलिया पुगेका नायक जीवन लुईटेल अचानक इन्डोनेशिया पुगेका छन्। अष्ट्रेलियामा माघ २० गते हुने भनिएको फिल्म ''मालतीको भट्टी'' को रिलिज पोस्टपोण्ड गरेर उनी इन्डोनेशिया पुगेका हुन्।माघ २० गते शनिबार मात्र जाकार्ता पुगेका जीवनलेे  फोन सम्पर्कमा अचानक फिल्मको रिलिज रोकी इन्डोनेशिया पुगेको बताए भनी फिल्मीखबरले समाचार दिएको छ। तर उनी त्यहाँ पुग्नुको कारण भने विशेष हुनुपर्दछ। उनले केही दिनको इन्डोनेशिया बसाईपछि अष्ट्रेलिया पुनःफर्कने बताए। तर, यो यात्रा अष्ट्रेलिया नभई जापान पनि हुन
सक्ने सम्भावना उनले देखाए। ''केही आन्तरिक काम छन् जसले गर्दा जापान पनि जान सक्छु'', जीवनले भने। माघ २० गते शनिबार अष्ट्रेलियाको क्विन्सल्याण्डको किर्न्स शहरमा फिल्म 'मालतीको भट्टी'लाई रिलिज गर्ने अन्तिम तयारी गरेका थिए। ''अचानक इन्डोनेशिया आउनु परेकाले एक साताका लागि रिलिज पोस्टपोण्ड गरिएको हो'' जीवनले भने– ''अर्को साता म नभए पनि आयोजकले देखाउने छन्।'' 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis