CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » औषधिबिनै पारशको मुटुको धड्कन नियन्त्रणमा, हातगोडा चल्न थाले

औषधिबिनै पारशको मुटुको धड्कन नियन्त्रणमा, हातगोडा चल्न थाले


लौ मन्दबिषको आशंका रे फेरी; पारसको अबस्था रहस्यपूर्ण १६ फागुन, काठमाडौं । भगवानमा भरोसा र चिकित्सकको क्षमतामा विश्वास छ भन्दै बाबु पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बैंकक उडेको केही घण्टामा पूर्व युवराज पारसको हातगोडा चल्न थालेको छ ।
एक साताअघि हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा इन्तु न चिन्तुको अवस्थामा उपचाररत पूर्व युवराज पारसको स्वास्थ्यमा केही सुधार देखिएको हो । अस्पतालले बुधबार साँझ जारी गरेको शाहको स्वास्थ जानकारीसम्वन्धी
रिपोर्टमा भनिएको छ-’आज पारसको हातगोडामा केही सहज चाल देखिएको छ ।’
औषधीको प्रयोग विनै पारसको रक्तचाप (ब्लडप्रेसर) र मुटुको धड्कन नियन्त्रणमा आएको रिपोर्टमा उल्लेख छ । तर, हृदयघात भएसँगै अचेत रहेका पारसको स्वास्थ्य अघिल्ला दिनहरुमा जस्तै ‘गम्भीर तर स्थिर’ नै रहेको कार्डिओलोजिस्ट डा. परिन्या कुनावतद्धारा जारी वक्तव्यमा उल्लेख छ । 
हात खुट्टामा सहज चाल देखिए पनि उनको अवस्था अझै 'गम्मीर चिन्ताजनक र स्थिर' रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। बिरामी पारसलाई हेर्न पूर्वराजा ज्ञानेन्द्र शाह तथा कोमल बैंकक पुगेकै दिन उनको स्वास्थ्यमा केही परिवर्तन देखिएको हो। पारस पुत्र हृदयेन्द्र तथा छोरीहरु पूर्णिका र कीर्तिका लिएर ज्ञानेन्द्र आज साँझ बैंकक अवतरण गरेका थिए।
एक सातअघि हृदयघात भएर उपचारका लागि अस्पताल पुर्याउँदा अचेत रहेका उनको होस अझै खुलेको छैन।
शुक्रबार पारसको अवस्थाबारे अफवाह फैलेपछि अस्पतालले स्वास्थ्य अवस्था सार्वजनिक गर्न विज्ञप्ति निकाल्न थालेको हो। पारशको उपचारमा सहयोग गर्न हाल हिमानी बैंककमै छिन्। हृदयघात भएको दोस्रो दिन बहिनी प्रेरणा सिंहसँगै पूर्व अधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही, डा. राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा बैंकक पुगेका थिए। उनीहरू अझै उतै छन्।

अस्तपालको विज्ञप्ति जारी हुनु केहीबेर अघि मात्र ज्ञानेन्द्र पूर्वरानी कोमल र पारसका छोरा छोरीसहित बैंकक विमानस्थलमा लोर्लनु भएको थियो । उहाँ श्रीमती कोमलसँगै पारसका छोरा हृदयेन्द्र, छोरी पूणिर्का र कृतिसहित बुधबार अपराहृन १:५५ को थाइ एयरको विमानबाट बैंकक जानु भएको हो ।
‘छोराको अवस्था अहिले पनि स्थिर र चिन्ताजनक छ’ भावुक मुद्रामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रले भन्नुभयो-’सबैले चासो र चिन्ता व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ ।’ज्ञानेन्द्रले यस्तो बेला भगवानको भरोसा र चिकित्सकको विश्वास लिनुपर्ने बताउनुभयो । ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु’ उहाँले भन्नुभयो-’सबैतिर पूजापाठ भैरेको छ, यस्तोबेला भगवानको भरोसासँगै चिकित्सकको क्षमतामा विश्वास पनि लिनुपर्छ ।’ उहाँले पारसको स्वास्थ्यको लाभका लागि प्रार्थना गरिदिन सबैसँग अनुरोध पनि गर्नुभयो ।
पूर्व युवराज पारसको स्वास्थ्यमा अझै सुधार हुन नसकेपछि छोरालाई भेट्न पूर्व राजारानी नातिनातिना लिएर बैंककतर्फ जानुभएको हो । पूर्व युवराज्ञी हिमानी र पूर्व राजपरिवारका अरु नातेदार यसअघि नै बैंकक गएका छन् । पारसको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भैरहेको छ ।
समर्थकद्वारा विदाइ र कामना
गम्भीर बिरामी भएका पारसको स्वास्थ्य लाभको कामना गर्दै आएका राजावादीहरुले बुधबार निर्मल निवास र विमानस्थलमा प्रदर्शन गरेका छन् । पूर्व राजारानीलाई फूलमालाले बिदाई गर्दै उनीहरुले पारसको स्वास्थ्यका लाभको कामना गरेका हुन् । उनीहरुले राजतन्त्रको पक्षमा चर्का नाराबाजी समेत गरेका थिए ।
पूर्व राजाको बिदाइ र पारसको स्वास्थ्य लाभको कामना गर्न राप्रपा नेपाल, बिश्व हिन्दू महासंघलगायत राजावादीहरुको निर्मल निवास र विमानस्थलमा बाक्लो उपस्थिति थियो ।
साभार - अनलाईन खबर र नागरिक न्युज को सहयोग मा 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis