CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’

यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’


बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि उनीहरुले फोटो सेसन गरेका। त्यही रात एक बजेदेखि बिहान उज्यालो नभएसम्म लामाहरु
र मुकुन्डो लगाएकाहरु नाच्दा रहेछन्। दिउँसोको नाच रमाइलो हुने रहेछ। मान्छेहरुलाई हँसाइ हँसाइ कायल पार्ने रहेछन्। बारीको कान्लामा बसेर हेर्ने गाउँलेहरु पनि टन्नै हुँदा रहेछन्। सबैको अनुहारमा मुस्कान। पहिलो पटक देखेँ यस्तो ‘मृत्यु-उत्सव’, रमाइलो लाग्यो।


रातभर बीचमा आगो बालेर चारैतिर नाच हुन्छ। त्यसमध्येका एक पात्र। By Salokya, on February 27th, 2013
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis