
काठमाडौ, फाल्गुन १५ - कपाल पालेर कानमा टप लगाएर हिड्ने गर्नु भएको छ ? प्रहरीले त्यहि आरोपमा पक्राउ गरिदेला नि ? काठमाडौं प्रहरीले कपाल पाल्ने र कानमा टप लगाउने जति सबैलाई गुणडको संग्या दिदैं पक्राउ गर्न थालेको छ । राजधानीमा पछिल्लो समय बढ्दै गएको चोरी, लुटपाट र गुण्डागर्दिमा यिनै कपाल र मुन्द्रा पाल्नेहरुको संलग्नता रहेको काठमाडौं प्रहरीले जनाएको छ । सोमबार राजधानीका ५ वटा बृत र ९ वटा प्रभागले ३ महिला सहित ७ सय ११
जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका सबैको नाम, ठेगाना र औठा छाप राखिएको प्रहरीको भनाई छ । लामो अशोभनिय कपाल पालेकालाई अभिभाबकको रोहबरमा कपाल समेत कटाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रणबहादुर चन्दले नियन्त्रणमा लिएकालाई अभिभाबको जिम्मा लगाउदै छाड्ने गरेको बताए । कपाल पाल्न नपाउने होइन, तर अशोभनिय हुने गरि पाल्न नहुने बताए । उनले सबैलाई बदमास पनि नभनिएको दाबी गरे ।-- ईकान्तिपुर