पोखरा। काम भन्दा हल्ला बढी गर्नेहरूको भीडभित्र काम गरेरै देखाउनेहरू भने सधैं ओझेलमा पर्ने गरेका छन्। त्यस्तै काम गरेर पनि हल्ला नगर्ने स्वभाव भएका कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले सुन्दर नगरी पोखरालाई कुरुप पार्ने फुटपाथ पसल हटाएर सबैको स्याबासी पाएका छन्। कास्कीका सीडीओ कोइरालाले पोखराको कुरुप, दीर्घ रोग सफा गर्न जागिरलाई धरापमा राखेर पनि सफलता प्राप्त गरेका छन्। पोखराको सुन्दरता नै बिगार्ने फुटपाथ पसलहरू हटाएकोमा सीडीओ कोइरालालाई अहिले उद्योगी―ब्यावसायीदेखि सबैले धन्यवाद दिएका छन्। सामाजिक सञ्जालहरूमा उनले गरेको यस कार्यको खुलेरै स्वागत र समर्थन गरियो। तर निहीत स्वार्थका लागि राजनीतिक दलले भने फुटपाथ हटाउने सीडीओ कोइरालाको निर्णयलाई असफल पार्ने
खेलमा लागेका छन्।
पोखराका बुद्धिजीवी, राजनीतिक दल, उद्योगी―ब्यवसायी, प्रधानमन्त्री बाबुराम भट्टराई, मुख्यसचिव लीलामणि पौडेल र गृहसचिव नवीन घिमिरे र पश्चिमाञ्चल क्षेत्रीय प्रहरीका प्रमुख रमेशशेखर बज्राचार्यको साथ सहयोग पाएपछि आखिर कडा रुपमा प्रस्तुत भए सिडिओ यादवप्रसाद कोइराला। र, फुटपाथ हटाएर पर्यटकीय नगरी पोखराको सुन्दरतालाई कायम राख्न सफल भए। उनको यो कार्यबाट उद्योगी, व्यवसायीहरू खुसी भएका छन्।
पोखराको फुटपाथ हटाएपछि उद्योग वाणिज्य संघ कास्कीले खुसी व्यक्त गरेको छ। तर सत्ताको नेतृत्व गरेको एमाओवादीले भने फुटपाथ पसल हटाउने निर्णय फिर्ता गराउन जोड गरेको छ। भोटको राजनीति गर्न, पोखराको सुन्दरता नै बिगार्ने फुटपाथ पसल यथावत राख्नुपर्ने एमाओवादी लागेकोमा स्थानीयबासी छक्क परेका छन्।
फुटपाथ पसल हटाउने र पोखराको सुन्दरता कायम राख्नुपर्ने कुरामा कास्कीका प्रमुख राजनीतिक दलहरूले पनि हस्ता212र र समर्थन जनाए पनि कुनै पनि सिडिओको कार्यकालमा कार्यान्वयन हुन सकेको थिएन। यसबीचमा कति सीडीओ परिवर्तन भए, तर कसैले पनि चासो देखाएका थिएनन्। नगरको सफाइको जिम्मा पाएको स्वायत्त निकाय पोखरा उपमहानगरपालिका पनि राजनीतिक दलहरूको दबाबसामु निरीहता प्रदर्शन गर्दै निर्णयमात्र गर्ने काम गर्न नसक्ने टिठलाग्दो अवस्थामा गुजि्रएको थियो। बर्षौं बित्दा सडक ढाक्नेगरी फुटपाथ पसल राख्नेहरूलाई नहटाउँदा पोखराको मुख्य बजार चिप्लेढुंगा र पृथ्वीचोक नै कुरुप हुनेगरी यत्रतत्र पसल राखिएका थिए। सुन्दर नगरीको शोभा बिगार्ने फुटपाथ हटाउन सीडीओ कोइरालाले चासो देखाएर पोखरा उपमहानगरपालिका र पोखरा उद्योेग वाण्ँिज्य संघसँग मिलेर यस समस्यालाई समाधान गर्ने खाका बनाए।
सीडीओ कोइरालाले फुटपाथ व्यावसायीहरूलाई परिचयपत्र वितरणदेखि व्यवस्थापन गरिने ठाउँसम्मको तयार गरे। तर उनले सबै व्यवस्था मिलाएर फुटपाथ हटाउन खोज्दा भोटको राजनीतिका कारण एमाओवादीकै आडभरोसामा शुरु भयो आन्दोलन। पोखराको सुन्दरता बिगारेर फुटपाथ पसल राख्ने र तिनीहरूलाई संरक्षण गर्नेहरूले प्रधानमन्त्रीसम्म गलत सूचना पठाएर पर्यटन नगरी पोखराको फुटपाथ सुन्दर,सफा गर्ने योजना तुहाउने काम गर्न खोजे पनि २०६९ फागुन ५ गते मध्यरातमा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले गोप्य ढंगले सुर212ा निकायहरूका प्रमुखसँग मात्र छलफल गरी फुटपाथ हटाउन कडा आदेश दिए। नियम कानुन लागू गराउन कडा रुपमा प्रस्तुत हुँदैआएका प्रमुख जिल्ला अधिकारी कोइरालाले पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुखदेखि पोखरा उद्योग वाणिज्य संघका अध्य212सम्मलाई पनि सुँइकोसम्म नदिई मध्येरातिदेखि ३ बजेभित्र सारा पोखराका फुटपाथहरू हटाउन सफल भएपछि सबै पक्षबाट धन्यवाद पाएका छन् । त्यसो त सार्वजनिक जग्गा, खोलानाला र संरचनाहरू अतिक्रमण गर्नेका विरुद्धमा समेत छानबिन समिति गठन गर्ने अभियान नै सुरु गरेका छन् कोइरालाले।
फुटपाथ हटाइसकेपछि एमाओवादी जिल्ला सम्मेलन आयोजक समिति कास्कीका संयोजक झलकपाणि तिवारीले यथास्थानमा निर्वाधरुपले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै विज्ञप्ति जारी गरेर पोखरा सुन्दर पार्ने अभियान तुहाउने प्रयास गरेका छन्।
फुटपाथ पसल व्यवस्थापनका विषयमा पनि सीडीओ कोइरालाले फेरि त्यही सडकमा बस्न कसैलाई पनि नदिने तर वैकल्पिक व्यवस्थापनको विषयमा छलफल गर्न सकिने धारणा राजनीतिक दल र सरोकारवालासमक्ष राखिसकेका छन्। प्रमुख जिल्ला अधिकारी कोइरालाले भने–'अब विगतको ठाउँमा गएर बस्छु भन्ने नसोचे पनि हुन्छ, बरु उनीहरूलाई कसरी व्यवस्थापन गर्ने हो, त्यसमा छलफल गर्न म तयार छु।'
पश्चिमाञ्चल 212ेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआइजी रमेशशेखर बज्राचार्यले पनि कुनै पनि हालतमा नगरको शोभा बिगार्नेगरी फुटपाथ राख्न नदिने बताए। डीआइजी बज्राचार्यले पोखरालाई सुन्दर र सफा राखौं भन्ने हाम्रो अभियान हो, यसमा सबैले साथ दिनैपर्छ।'
फागुन १४ साँघु