CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » उध्योग, क्यासिनो, डान्सबार तथा रेस्टुरेन्टको अनुमति पत्र प्रहरीबाटै

उध्योग, क्यासिनो, डान्सबार तथा रेस्टुरेन्टको अनुमति पत्र प्रहरीबाटै

२६ माघ, काठमाण्डौं । नेपाल प्रहरीले महानगरीय प्रहरी आयुक्त कार्यालयलाई अर्धन्यायिक अधिकार चाहिने भन्दै गृह मन्त्रालयमा लिखित प्रस्ताव पठाएको छ । महानरीय प्रहरी स्थापना भएदेखि उठाउँदै आएको सो मागलाई मन्त्रालयले कानुन बनाउने आश्वासन दिएपछि प्रहरीले लिखित प्रस्ताव पठाउको हो ।
गृह मन्त्रालयमा प्रस्ताव पठाउनुअघि बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको
पोलिसी कोर्डिनेट कमिटी (पीसीसी) को बैठकमा सामान्य छलफल गरी पारित गरिएको खबर राजधानी दैनिकले छापेको छ । प्रहरीले पठाएको प्रस्तावमा मन्त्रालयले सामान्य हेरफेर गरी पुनः प्रधान कार्यालय पठाएपछि बुधबार बसेको सो बैठकले सुझावसहित पारित गरी मन्त्रालय पठाएको हो ।
‘हामीले मागेका अधिकारमध्ये केही विषयमा मन्त्रालयले सामान्य हेरफेर गरेको थियो, त्यसलाई सच्याएर सुझावसहित पास गरेका छौं, अब अर्धन्यायिक अधिकारसहितको कानुन बन्छ भन्नेमा ढुक्क छौ,’ बैठकमा सहभागी एक प्रहरी नायब महानिरीक्षकले भने ।

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis