CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » रेखा फेरिपनि विवादमा

रेखा फेरिपनि विवादमा

विभिन्न किसिमका गतिविधीले पटक–पटक विवादमा पर्ने नायिका रेखा थापा अहिले फेरि विवादमा मुसिएकी छिन्। रेखा थापालाई मुख्य आकर्षकको रुपमा प्रस्तुत गर्दै आयोजना गर्न लागिएको एक कार्यक्रममा उनले आफु आउन नसक्ने जवाफ फर्काएपछि आयोजकले अहिले हैरानी खेप्नु परेको छ। 
मलेसियाका विभिन्न ४ स्थानमा आयोजना गर्न लागिएको 'रिमिक्स धमाका' नामक कार्यक्रममा रेखाले पेश्की रकम लिएर पनि आउन नसक्ने जवाफ दिएकी हुन्। हाल अमेरिकामा आयोजना भइरहेका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी रेखाले आयोजकलाई धोका
दिएपछि उनको व्यापक आलोचना हुन थालेको छ। कार्यक्रमको अन्तिम समयमा आएर आउन नसक्ने जवाफ फर्काएपछि आयोजक मर्कामा परेको हो। 
आयोजकले रेखा थापा यति धेरै अव्यवसायिक छिन् भन्ने आफुहरुलाई नलागेको बताएको छ। रेखा थापालगायत अन्य सबै कलाकारको भिसाको सम्पुर्ण काम सकिएको बताउँदै आयोजकले अन्तिम समयमा रेखाले दिएको धोकाबाट आफुहरु स्तब्ध भएको बताएको छ। मलेसियामा रेखा आउने भएपछि करिब ५ हजार टिकट अग्रि्रम बुकिङ भैसकेको र मलेसियका भित्ताहरुमा रेखा थापाको तस्विरसहित पोष्टरहरु समेत टाँसेको थियो। रेखालाई पेश्की स्वरुप कुल रकमको २० प्रतिशत रकम समेत दिइसकेको बताइएको छ।  
नेपालकै चचिर्त नायिकाको यस्तो व्यवहारले अन्य समयमा कार्यक्रम गर्दा धेरै कुरा सोच्नु पर्ने वाध्यात्मक स्थिती आएको आयोजकको भनाई छ। अर्कोतिर रेखा थापालाई अत्यन्त माया गर्ने मलेसियाका नेपालीहरु उनको यस्तो व्यवहारबाट आक्रोशित समेत भएका छन्। 
नायिका थापाले आयोजकको फोनमा र्झकदै जवाफ दिने गरेको थाहा भएको छ। कार्यक्रम आइतबारदेखि मलेसियाका विभिन्न शहरमा आयोजना हुन लागेको थियो। कार्यक्रममा नायिका थापासँगै अनु शाह, गायक प्रमोद खरेल, कलाकार सुरेन्द्र केसी, गायिका माण्डवी त्रिपाठी लगायतका कलाकारको सहभागीता रहने आयोजकले बताएको थियो। नायिका रेखा थापाले धोका दिएपछि अर्की चचिर्त नायिका झरना थापा र दिनेश डीसीलाई बोलाउने तयारी भएको आयोजकले बताएको छ।







-- रोड मेप माघ २५ 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis