CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पूजनाको जवानी चैतमा हेर्न पाइने

पूजनाको जवानी चैतमा हेर्न पाइने

काठमाडौं। नायिका पुजना प्रधानको उत्तेजक दृश्यका कारण सुटिङ अगाडि नै चर्चामा आएको चलचित्र 'रक्षा' आगामी चैत ९ गतेबाट देशभर प्रदर्शन हुने पक्कापक्की भएको छ। चलचित्रको डबिङ गत मंगलबारबाट सुरु भएको निर्देशक राजु गिरीले जानकारी दिएका छन्। नायिका नंग्याउन माहिर निर्देशकको पहिचान बनाएका राजुको यो चलचित्रमा पूजनाको अलावा अन्य दुई नायिका सारिका घिमिरे र खुसी थापाले पनि बेड सिन दिएका छन्। अत्यधिक यौनजन्य दृश्य भएका कारण यो
सिनेमाको धेरै दृश्यमा सेन्सरले कैंची चलाउने पक्कापक्की छ। राजुले यसभन्दा अगाडि पनि चलचित्र 'बिन्दास'मा सुष्मा कार्कीलाई मज्जैले नंग्याएका थिए। पछि सुष्माले पोस्टर र प्राेमोमा आफ्नो गलत प्रयोग गरेको भन्दै आपत्ति जनाएकी थिइन्। त्यस्तै लफडा 'रक्षा'मा पनि परेको छ। नायिका पूजनाले निर्देशकले पोस्टरमा 'चिटिङ' गरेर आफ्नो शरीरको पछाडि भाग नांगो देखाएको भन्दै प्रमोसनमा सहभागी नहुने अड्डी कसेकी छिन् भने अन्य दुई नायिका सारिका र खुसीले पोस्टरमा पूजनालाई मात्र हाइलाइट गरेर आफूहरूलाई 'इग्नोर' गरेको भन्दै आपत्ति जनाएका छन्। तर कतिपयले यस्तो लफडा निर्देशक स्वयम्ले पब्लिसिटीको लागि योजनाअनुसारै घटाएको हो भन्ने आरोप लगाएका छन्। उसो त निर्देशक गिरीको चालामाला हेर्दा यो आरोप सत्यताको नजिक रहेको भान हुन्छ।  
पवन बस्नेतको लगानी रहेको 'रक्षा' राजनैतिक विषयवस्तुमा तयार पारिएको बताइएको छ। चलचित्रको छायांकन काठमाडौं र यस वरपरका क्षेत्रमा गरिएको थियो। बस्नेतले यसभन्दा अगाडि 'हत्याकाण्ड' र 'इलाका' निर्माण गरेका थिए। अर्जुन खरेलद्वारा संगीतबद्ध यो चलचित्रमा पूजना, सारिका र खुसीको अलवा महानायक राजेश हमालका साथै अशोक फुयाल र निर्माता बस्नेतको पनि अभिनय देख्न सकिन्छ। 'रक्षा' रिलिज भएकै दिन थ्रीडी प्रविधिमा निर्माण गरिएको नेपालकै पहिलो चलचित्र 'भिजिलान्ते' पनि प्रदर्शन हुने भएको छ। दीपेन्द्र के. खनालले निर्देशन गरेको यो चलचित्रमा राज घिमिरे, सुवास थापा, प्रियंका कार्की, शिखा शाही र मोनिका प्रधान मुख्य भूमिकामा देखिएका छन्।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis