CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मीग च्याटले यी धराने केटीलाई दियो फाइदा

मीग च्याटले यी धराने केटीलाई दियो फाइदा

तीन वर्षमा धराने युवती क्रिष्टिना प्रधानले १६ सय जनालाई चर्चित सामाजिक सञ्जाल 'मीग ३३' को ठेगाना बनाइदिइन्। यो अनौठो सोख र कामले उनलाई अहिले मासिक रु.१२ हजारभन्दा बढी कमाइ दिनुका साथै मीग ३३ को ग्लोबल एड्मिन र ब्राण्ड एम्बासडर पनि बनाएको छ।
मीगको एउटा ठेगाना बनाइदिंदा क्रिष्टिनाको खातामा रु.३२ जम्मा हुन्छ। नयाँ साथीहरुसँगको
भेटघाट र उनीहरुसँग रमाइलो च्याट गर्न पाइने अवसर त भइहाल्यो।
बराहक्षेत्र १ चतराकी क्रिष्टिनालाई चाहिं धरानका विजय राईले पाँच वर्षअघि यसको ठेगाना बनाइदिएका हुन्। त्यसपछि उनी दिनरात नभनी मीग चलाउन थालिन्। यो सोखले उनलाई मीगको मर्चेन्ट (व्यापारी) हुँदै मासिक ७५ अमेरिकी डलर कमाउने एड्मिन हेर्ने पहिलो नेपाली महिला पनि बनायो। मीगबाटै अहिले उनी मासिक रु.१२ हजार कमाउँछिन।
मीगसँगको यात्रा
मीगमा एकोहोरिंदा उनको यसैको मुख्यालय सिंगापुरमा कार्यरत पीसी ग्यानसँग च्याटमा भेट भयो। उत्तिसारो नगनिरहेकी ग्यानलाई एक दिन उनले च्याटमा 'ट्राफिक जाम' लेखेर पठाइन्। ट्राफिक जाममै फसेकी ग्यानलाई क्रिष्टिनाको म्यासेजले आश्चर्यमा पार्‍यो र क्रिष्टिनालाई कसरी थाहा पायौ भन्ने जवाफ पठाइन्। त्यसपछि नै हो, क्रिष्टिनाको मीगका कर्मचारीसँग दोहोरो कुरा हुन थालेको। यो सम्बन्धलाई अरु दरिलो बनाउन उनले ग्यानलाई लिपिष्टिक उपहार दिइन्। पीसीले पनि जवाफमा मीग मार्फत नै रु. २३६को“प्रिसियस डाइमन्ड” उपहार पठाइन्। यो सम्बन्धले क्रिष्टिनालाई अन्ततः “ग्लोवल एड्मिन” मा नियुक्त हुने अवसर दिलायो।
अहिले उनको जिम्मेवारी च्याटमा छाडा बोल्ने नेपाली प्रयोगकर्तालाई नियन्त्रण गर्नेछ। उनको प्रयासले अहिले मिगको च्याटरुममा युवतीहरु पनि आउन सक्ने भएका छन्। उनले कैयौं छाडा बोल्नेहरुको ठेगाना रोकेकी छिन् भने अरु एड्मिनले रोकेका ६०० को ठेगाना खोलिदिएकी पनि छिन्। दार्जीलिङको खर्साङबाट १२ पास गरेकी क्रिष्टिनाको अब फेसन डिजाइन पढ्ने योजना छ।
सीता मादेम्बा, धरान

के हो मीग ३३?
'मीग ३३' सन् २००५ मा अष्ट्रेलियाबाट स्टिभन गोले शुरु गरेको सामाजिक सञ्जाल हो। योमार्फत फोन, सन्देश, फोटो आदानप्रदान र व्लगिङ पनि गर्न सकिन्छ। फेसबुकको मोबाइल एप्समा च्याट सुविधा नआउञ्जेल र आएपछि पनि त्यो चलाउन गाह्रो हुँदा मीगका प्रयोगकर्ता ह्वात्तै बढे। सिङ्गापुरमा मुख्य कार्यालय रहेको यसका शाखा मलेसिया र इन्डोनेसियामा छन्।
मोबाइलबाट सन्देश पठाउन महँगो हुँदा दक्षिण अफ्रिकामा मीगको प्रयोग बढ्यो। अहिले २२० देशमा मीग चल्छ। धरान आएका मीगका सिनियर बजार व्यवस्थापक रिकी लिउ विश्वभरि ७ करोड मीगका प्रयोगकर्ता भएको बताउँछन्। इन्डोनेसिया, बंगलादेशसँगै नेपाल पनि मीगका प्रयोगकर्ता बढी भएको मुलुकमा पर्छ।
त्यही भएर मीगले धरानमा भ्यालेन्टाइन डेको अवसरमा पार्टी नै आयोजना गरेको थियो। त्यहाँ काठमाडौं, पोखरा, बुटवल, हेटौंडा र काकडभिट्टादेखिका प्रयोगकर्ता भेला भएका थिए। पार्टीमा मीगका मालिक स्टिभ गो आउने भनिए पनि अरु अधिकारीहरु महेश इन्द्रू र रिकी लिउ उपस्थित थिए।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis