CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ओहो प्रहरीमा सुद्धा यस्तो ??

ओहो प्रहरीमा सुद्धा यस्तो ??

सेवाअवधि ३२ वर्षे बनाएर जागिर लम्बाउने एआईजीहरूको गोप्य 'गेमप्लान' छताछुल्ल भएपछि प्रहरीमा गुटबन्दी चर्किएको छ। हालका एआईजीहरूले आईजीपी पद खान र जागिर लम्बाउनका लागि अघिल्लो साता सेवाअवधि ३२ वर्ष बनाउन प्रधानमन्त्री बाबुराम भट्टराईसहित उच्च अधिकारीलाई कन्भिन्स गरेका थिए। सबै प्रहरी सो निर्णयबाट खुशी हुने भन्दै चार प्रहरी नियमावलीमा संशोधनका चार बुँदा एआईजी गंगा पाण्डेले गृहमन्त्री विजयकुमार गच्छेदारलाई बुझाएका थिए। तर भोलिपल्ट डिआईजीहरू
प्रधानमन्त्री, मुख्यसचिवलगायत उच्च अधिकारीलाई भेटेर त्यसले प्रहरीका धेरै क्षमतावान् प्रहरीलाई अन्याय हुने भन्दै वास्तविकता खुलाएपछि ३२ वर्षे प्रावधान तुहिएको हो।
त्यसपछि एआईजी र डिआईजीबीच बाझाबाझ मात्र होइन, झन्डै कुटाकुटको अवस्थामा समेत आएको थियो। अघिल्लो आइतबार प्रहरी महानिरीक्षकको सचिवालयमा सो विषयमा एआईजी र डिआईजीहरूबीच छलफल भएको थियो। त्यसमा डिआईजीहरूले एआईजीहरूको चर्काे आलोचना गरेका थिए। खासगरी डिआईजी उपेन्द्रकान्त अर्याल र सुरेन्द्रबहादुर शाहले एआईजीहरूसँग 'लडाइँ' कै घोषणा गर्दै आफूहरू पनि नछोड्ने भन्दै चुनौती दिएका थिए। जागिर लम्बाउने एआईजीहरूको नियतप्रति डिआईजी अर्यालले मर्ने बेलासम्म पनि बर्दी लगाउनुपर्ने भन्दै ब्यंग्य गरेका थिए। प्रहरीमा ३२ वर्षे लगाएर जागिर थप्न खोज्ने एआईजीहरू र त्यसको विरोधी डिआईजीहरूबीच शीतयुद्ध सुरु भएको छ। डिआईजी बढुवा विवादमा प्रहरीमा बढेको गुटबन्दी अहिले ३२ वर्षे खेलपछि अझै उत्कर्षमा पुगेको छ।
के–के थियो संशोधन प्रस्तावमा?
प्रहरीको सेवाअवधि ३० वर्षेबाट ३२ वर्षे बनाउने मात्र नभई हालकै एआईजीमध्येबाट एकलाई आईजीपी बनाउने रणनीतिसमेत तय गरिएको थियो। प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षको बनाउने तयारी भएको थियो। जुन प्रावधानअनुसार हालका महानिरीक्षक कुवेरसिंह राना अबको साढे दुई वर्षपछि अवकाश पाउने छन्। त्यसपछि हालका एआईजीमध्ये एकले पुनः महानिरीक्षक हुने अवसर पाउने छन्। एआईजीद्धय नवराज ढकाल र भिष्म प्रसाई त्यसप्रति लालायित भएको स्रोत बताउँछ। 
त्यस्तै एआईजी बिनोद सिंह उमेरहदका लागि अगाडि नै अवकाश पाउने भएपछि उनका लागि मात्र एआईजीको उमेर हद ५६ बाट बढाएर ५७ वर्ष बनाउन लागिएको थियो। त्यस्तै एसएसपीदेखि एआईजीको पदावधि सरकारले २ वर्ष थप्न सक्ने किसिमको प्रावधान पनि राखिएको थियो।
त्यस्तै जवानको अवकाशको उमेर ४८ वर्षबाट ५० बनाइएको थियो। सो प्रस्ताव गृहमन्त्री विजयकुमार गच्छेदारले मन्त्रिपरिषद्मै पुगिसकेको स्रोत बताउँछ। गच्छेदारसँग मोटो रकमको डिलिङ भएपछि त्यसरी नियमावली डिआईजीहरूलाई थाहा नै नदिई संशोधन गर्न लागिएको थियो। तर सूचना चुहिएपछि प्रहरीभित्रको ठूलो षड्यन्त्र असफल भएको छ।
एसएसपीद्वारा आईजीपी बहिष्कार
घमण्डी स्वभावका एसएसपीका रुपमा चिनिने एसएसपी देवेन्द्र सुवेदीले आईजीपी कुबेरसिंह रानालाई बहिष्कार गरेका छन्। आफूलाई बढुवा नगरेको झोकमा उनले आईजीपी रानासँगको औपचारिक सम्बन्ध समेत टुटाएका छन्। हाल युएन शाखाको प्रमुख भएपछि डिएसपी र इन्सपेक्टरलाई पठाएर शाखाको रिपोटिङ महानिरीक्षकलाई गर्ने गरेको स्रोत बताउँछ। डिआईजी बढुवामा एसएसपी सुवेदी असन्तुष्ट रहँदै आएका छन्। उनीसहित बढुवामा नपरेका एसएसपीले अदालतमा रिट समेत हालेका छन्।


साभार - दृष्टि
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis