CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सत्य सावित भयो भविष्यवाणी

सत्य सावित भयो भविष्यवाणी

सुविख्यात ज्योतिषी एवम् तान्त्रिक विहङ्गमराज तिमिल्सिनाले गत पुस ११ गते गर्नुभएको भविष्यवाणी ठ्याक्कै मिल्न पुगेको छ।  तिमिल्सिनाले भन्नुभएको थियो, 'आगामी माघ ७ गतेभित्र
नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने योग परेको छ। माघ ७ गतेसम्म  कोइरालाजीको योग राम्रो छ, तर त्यसभित्र उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन भने योग टरेर जानेछ। त्यस मितिउप्रान्त कोइरालाजीको राम्रो छैन।' उहाँले भन्नुभएको थियो, 'अहिले भइरहेका नेताहरूलाई जनताले विश्वास नगर्ने स्थिति आउँछ, फलतः नयाँ नेतृत्व खोजी हुने देखन्छ। पुरानो ग्रहले अब छोड्छ र नयाँ ग्रहको सुरुवातसँगै नयाँ नेतृत्व आउँदा नेपालका लागि लाभदायक नै हुन्छ।' 
ज्योतिषी तान्त्रिक पण्डित विहङ्गमराजले ०५० सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मकुण्डल अध्ययन गरी उहाँले चुनाव जित्ने र प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभएको थियो। त्यसबेला उहाँलाई काङ्गे्रस नेता बलबहादुर केसीले भैंसेपाटीस्थित भट्टराईको निवासस्थानमा लिएर जानुभएको थियो। तिमिल्सिनाले शेरबहादुर देउवाले जीवनमा तीनपटक सजिलै प्रधानमन्त्री बन्ने र चौथोपटक बडो मुस्किलले प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी पनि गर्नुभएको थियो। नेपाली सेनाका जर्नेल नेपालभूषण चन्दलाई उहाँको कुण्डली हेरेपछि गत असारमा चन्द प्रधानसेनापति नबन्ने स्पष्ट रूपमा बताइदिनुभएको थियो। त्यसरी प्रधानसेनापति बन्न नसक्ने बताइदिएपछि चन्दले तिमिल्सिनासँगको सम्पर्क र सम्बन्ध नै विच्छेद गर्नुभएको थियो। त्यसअघि (करिब एक दशकअघि) नेपाली सेनाका सहायक रथी दिलीपशमशेर जबरालाई तिमिल्सिनाले तपाईंको जागिर सङ्कटमा पर्दै छ भनी जानकारी दिएका थिए। त्यसको केही महिनापछि नै जबराले पोखरामा एक कार्यक्रममा राजनीतिक दलहरूलाई जथाभावी गाली गरेपछि उनलाई पदमुक्त गरिएको थियो। यसैबीच पण्डित तिमिल्सिनाले काङ्गे्रस नेता रामचन्द्र पौडेल ०७१ सालदेखि ०७४ सम्ममा माथिल्लो ओहोदामा पुग्नसक्ने भविष्यवाणी गर्नुभएको समाचार घटना र विचार साप्ताहिकमा छ । उहाँले खिलराज रेग्मी सरकारप्रमुख भएमा रेग्मीबाट सत्य र न्यायकै पक्षमा काम हुने र राजनीतिक मानिसबाट भन्दा रेग्मीबाट नै देशलाई राम्रो हुने ग्रहगोचर रहेको पनि बताउनुभएको छ। तर, उहाँले जेठमा निर्वाचन हुन भने असम्भव भएको स्पष्ट गर्नुभएको छ। 'नेपालको राशि–नक्षत्र हेर्दा आगामी जेठ महिना शुभकारक देखिन्न्ा, जेठमा चुनाव हुन ज्योतिषीय दृष्टिले मुस्किल देखिन्छ,' विहङ्गमराजको भनाइ छ। 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis