CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गोल्डेन गेटको कलेज बसमा आगजनी

गोल्डेन गेटको कलेज बसमा आगजनी

गोल्डेन गेटको कलेज बसमा आगजनी
काठमाडौं, फाल्गुन १७ । अज्ञात समूहले राजधानीको स्वयभू नजिकै आज बिहान कलेज बसमा आगजनी गरेको छ । विद्यार्थी लिएर राजधानीको वानेश्वरस्थित गोल्डेनगेट कलेज जाँदै गरेको बसलाई स्वयंभू नजिकैको सानो भ-याङ्गमा रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका केही युवाहरुको समूहले
विद्यार्थीलाई बसबाट बाहिर निकालेर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको हात रहेको आशंका प्रहरीले गरेको छ ।

केही समयअघि गोल्डेनगेट कलेजमा विद्यार्थी युनियन गठन गर्न खोज्दा प्रशासनसँग विवाद भएपछि कलेजका भौतिक संरचनामाथि आक्रमण गर्ने धम्की अखिल क्रान्तिकारीले दिँदै आएको बताइएको छ ।

गोल्डेनगेट कलेज प्रशाससनले तत्काल घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेको छ ।
- इमेज समाचार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis