CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ऋतिकको पत्नी सुजैनको पनि अफेयर

ऋतिकको पत्नी सुजैनको पनि अफेयर

ऋतिक रोशन र उनकी श्रीमती सुजैन खानबीचको डिभोर्सको खबर पुरानो भैसकेको छ। यी दुवैको वैवाहिक जीवन टुक्रिनुमा बलिउडका अर्का अभिनेता अर्जुन रामपाल दोषी भएको आरोप लगाइयो। अर्जुनले तत्काल उक्त कुराको खण्डन गर्दै ऋतिक र सुजैनको जोडी टुक्रिनुमा आफ्नो कुनै
भूमिका नरहेको स्पष्ट पारे। यो प्रसंगबाट अर्जुन बाहिरिएको केही समयपछि नै सुजैन बलिउडका एक नायकप्रति आकषिर्त भएको समाचार सार्वजनिक भएको छ। सुजैनको अफेयर बलिउडका नाम चलेका नायकसँग चलिरहेको तथा दुवैलाई थुप्रै पटकसँगै देखिएको चर्चासमेत चल्न थालेको छ। एउटा वेबसाइटका अनुसार ती नायकको पहिचान भैसके पनि गोपनियताका कारण उनको नाम हालसम्म सार्वजनिक नगरिएको बताइन्छ। यसबीच ऋतिक रोशनले आफ्ना आमा-बुवाको घर परित्याग गर्नुका पछाडि पनि कुनै युवती नै कारण रहेको अनुमान गर्न थालिएको छ।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis