CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » युवतीको सार्वजनिक बेइज्जत गर्ने वाइसिएलका कार्यकर्ता पक्राउ

युवतीको सार्वजनिक बेइज्जत गर्ने वाइसिएलका कार्यकर्ता पक्राउ

कञ्चनपुर, फागुन १६- आफूसित विवाह गर्न नमानेको भन्दै एक युवतीको सार्वजनिक बेइज्जत गर्ने एकीकृत (माओवादी) सहायक सङ्गठन वाइसिएलका कार्यकर्ता आज पक्राउ परेका छन्। युवतीको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीको विशेष टोलीले कञ्चनपुरको महेन्द्रनगरबाट २२ वर्षीय दीनेश भण्डारीलाई पक्राउ गरिएको हो।पक्राउ गरिएका भण्डारीले
सार्वजनिक स्थानमा पर्चा टाँसेर युवतीको बेइज्जत गरेको स्वीकार गरेका छन्। एकीकृत (माओवादी) पार्टी कार्यालयमा बस्दै आएका भण्डारीले आफूलाई वाइसिएलको नेता भन्दै युवतीलाई प्रेम गरी विवाह गर्न प्रस्ताव राखेका थिए।
विवाह गर्ने प्रस्ताव अस्वीकार गरेपछि उनले युवतीबारेमा अश्लिल शब्द लेख्दै विद्यालय, पसल र चौतारामा पर्चा टाँस गरेका थिए। पर्चा टाँसेपछि युवतीको आफन्तले अधिकारकर्मीको सहयोग लिएर प्रहरी कार्यालयमा गत माघ २१ गते प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चर्तुभुज ओझाले सादा पोसाकमा प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गरिएको बताए। रासस

-- नागरिक
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis