CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हिन्दी फिल्म : पुरानै ढर्राको द्वन्द जिला गाजियाबाद

हिन्दी फिल्म : पुरानै ढर्राको द्वन्द जिला गाजियाबाद


विभिन्न ग्याङ्बीच हुने लडाइँ-झगडाको विषयवस्तु खुबै बिक्छ, बलिउडमा। फिल्ममा द्वन्द्व रुचाउनेहरू कि त अहिले आधुनिक रंग एवं प्रविधि मिसिएको द्वन्द्व खोज्छन्, नत्र उही शास्त्रीय झैझगडा। हालै रिलिज भएको जिला गाजियावाद पनि त्यस्तै एक्सन फिल्म हो। 


एकै समुदायका दुई प्रतिद्वन्द्वी सत्वीर गुज्जर (विवेक ओबराय) र महेन्दर फौजी गुल्जर (अर्साद वार्सी)को ग्याङ्बीच भएको झगडालाई यो फिल्मको कथाले समेटेको छ। सन् '९० को दशकतिर भारतको गाजियावादस्थित गुज्जर समुदायमै
घटेको घटनामा आधारति यो फिल्ममा प्रहरीको भूमिका नहुने कुरै भएन। ठाकुर प्रीतम सिंह (सञ्जय दत्त) प्रहरीको भूमिकामा छन्।

फिल्ममा सबै पात्र उत्तिकै शक्तिशाली लाग्छन्। दुवै ग्याङ्को एकअर्काप्रति रहेको खराब बुझाइले द्वन्द्व बढ्छ। मध्यान्तरसम्म त फिल्म पात्रहरू चिनाउनमै केन्दि्रत छ। त्यसपछि भने विवाद र झैझगडा पुराना बलिउड फिल्ममा जस्तै एकाएक कथामा गाँसिन आइपुग्छन्। द्वन्द्व रुचाउनेका लागि फिल्म रमाइलो पनि हुन्न सक्छ तर फिल्मका गम्भीर दर्शकलाई भने यो फिल्मले दिक्क बनाउँछ। दबङ, रावडी राठौरमा झुमेका दर्शकलाई यो फिल्म गजब लाग्न सक्छ। - नेपाल
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis