(एजेन्सी)– उत्तरी अमेरिकामा बसोबास गर्ने ‘मोहाक’ नामक आदिवासीको हेयरस्टाइल निकै नै अचम्मको छ र यसले मानिसहरुको ध्यान निकै आकर्षित गर्छ । फ्लोरिडामा बस्ने यस्तै हेयरस्टाइलका एक पारखी मोहाक ग्याज भनिने ग्यास्मी जोसेपले थुप्रै प्रकारको स्प्रे पेन्टहरुको प्रयोगद्वारा आफ्नो
टाउकोलाई विज्ञापनको बिलबोर्ड बनाएका छ ।
धेरै पहिला अघिदेखि नै ३१ वर्षीय जोसेप मोहाकको हेयरस्टाइलबाट निकै आकर्षित थिए तर एक वर्ष अघि मात्र उनले यसलाई आफूमा लागु गर्ने मौका पाए । एकदिन एकजना साथीले उनलाई उनको जन्मदिनको बारेमा सबैजनालाई भन्न आग्रह गरे, त्यतिबेला नै उनको दिमागमा एउटा सोच आयो – किन यो कुरालाई सबैले देख्ने गरि आफ्नो कपालमा नलेख्ने ? उनको यो सोच निकै लोकप्रिय भयो र त्यतिबेलादेखि नै उनले आफ्नो मोहाकमा थुप्रै प्रकारको स्प्रे पेन्टिङ्ग गरेर हिँड्ने गर्दछन् । उनले आफ्नो टाउको आफ्नो प्रोमोसन चाहिएका साथीहरुलाई समर्पित गरेका छन् र उनलाई साना उद्योगहरुले पनि सम्पर्क गर्ने गरेका छन् । एउटा हेल्थ फुड क्याटरिङ कम्पनी डेलिभर लिनले उनलाई मायमी हिट र फ्लोरिडा प्यान्थर्स खेलका लागि उनको कपालमा लोगो रङ्गाएर पठाए र आएको नतिजामा निकै खुसी भए । ‘निकै राम्रो मार्केटिङ भयो,’ कम्पनीका संस्थापकले बताए । ‘पहिला मानिसहरुले हाम्रो कम्पनीलाई चिन्दैनथे जब कपालमा पेन्टिङ गरियो तब यसको नतिजा निकै सकारात्मक भयो । ’
उनको यस्तो अचम्म लाग्दो बिजनेसलाई केहि माथी उठाउनका लागि उनी आफैँले एउटा वेभसाइट बनाएका छन् जसमा उनको सबभन्दा राम्रो कामको फोटोहरु राखिएका छन् र उनले रङ्गीबिरङ्गी फ्लायर्सहरु पनि बनाएका छन् जसलाई उनले जहाँ जाँदा पनि मानिसहरुलाई बाँड्ने गर्दछन् । तर उनले यो सब पैसाको लागि मात्र गर्दैनन् । धेरैजसो उनका कपालका विज्ञापनहरु उनले उनका साथीहरुलाई सित्तैमा गर्दिने गर्दछन् भने उनले कहिलेकाँही कलात्मक बनावटहरु बनाउने गर्दछन । उनको अहिलेसम्मको सबैभन्दा आकर्षित हेयरस्टाइलमा मायमी हिटको लोगो जुन बास्केटबल बोर्ड र टाउकोमा जोडिएको साँच्चैको हुप रहेको छ र उनका अनुसार यसले धेरै मानिसहरुलाई आकर्षित गर्न सफल भयो ।
ग्यास्मीका अनुसार उनले हप्ताको एकदिन कपाल रङ्गाउने गर्दछन् तर यदि धेरै क्लायन्टहरु आएको खण्डमा हप्ताको तीन दिनसम्म पनि डिजाइन परिवर्तन गर्न सकिने बताए । आफ्नो मोहाकलाई धेरै मानिसहरुले याद गरोस् भन्नका लागि उनी क्लब, पार्टी च्यारिटी कार्यक्रमहरुमा जाने गरेको बताए ।
-- साभार : ग्रेट वे अनलाईन
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !