यो जोडी निकै निडर छ जो डरलाग्दा जंगली जनावरसँग मज्जाले हेलमेल गर्छ र ती जनावरलाई डोराएर जंगल सयर गर्छ । एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी चिताहा, सिंहसँग खेल्छन्, अँगालो मार्छन् र
सुम्सुम्याउँछन् । जाम्बियाका यी दम्पतीले एक प्रजनन केन्द्र खोलेर यस्ता डरलाग्दा जंगली जनावर हुर्काइरहेका छन् र आङै सिरिंग हुनेगरी ती जनावरको साथी बनेका छन् ।
जाम्बियाको उक्त बिग क्याट सेन्टरमा हुर्काइएका सिंह, चिताहा लगायतका जनावर निकै डरलाग्दा भैसकेका छन् र कतिपय अब जंगलमा छाड्ने तयारीमा पनि छन् । यिनीहरु निकै हिंश्रक देखिन्छन् र जुनसुकै बेला मान्छेमाथि आक्रमण गर्नसक्ने खतरा हुन्छ । तर मागिनी दम्पतीलाई त्यो खतराको कुनै परवाह छैन । हेरौँ सिंह र चिताहा सँगको यो डरलाग्दो र रहरलाग्दो हेलमेल
-अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !