टेकनारायण भट्टराई, पाल्पा, फागुन २०- राम्दी आमडाँडाबाट जन्ती लिएर पाल्पा चिदीपानी बुढीकोट जाँदै गरेको बेहुलाबेहुलीसहित जन्ती चढेको बस पाल्पा नायरनमतलेस गाविसको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा सडकबाट करिब दुई सय मिटर तल खसी भएको दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सूर्य चन्दका अनुसार १० वटा शव निकालिएको छ। घटनास्थल निकै अप्ठेरो भीरमा
भएकाले भीरमा अड्किएको, च्यापिएको शव निकाल्ने क्रम जारी छ। घाइते २० जनालाई उपचारका लागि तानसेनतर्फ पठाइएको चन्दले नागरिकन्युजलाई बताए। बेहुलाबेहुलीको अवस्था थाहा हुन सकेको छैन।
'मर्नेको संख्या बढ्न सक्छ,' उनले भने। आइतबार राति करिब साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीका अनुसार लु १ ख २७९५ नम्बरको बसमा ४५ जना सवार थिए। उनका अनुसार निकै तल खोँचमा बस खसेकोले उद्धारका लागि निकै गाह्रो भएको थियो।
नागरिक न्युज