आगामी बुधबार अर्थात् चैत ७ गते देशले नयाँ मिस नेपाल पाउने पक्का भएको छ। यसअघि चैत २ का लागि तय भएको वर्ष-२०१३ को मिस नेपाल प्रतियोगिता प्राविधिक कारण जनाउँदै पाँच दिनपछि सारिएको आयोजक द हिडन ट्रेजरले जनाएको छ ।
स्रोतका अनुसार टेलिभिजनको
प्रत्यक्ष प्रसारणको समय नमिलेकाले प्रतियोगिता निर्धारित मितिभन्दा पछि सरेको हो। यसपटकको मिस नेपालमा देशका विभिन्न
क्षेत्रको प्रतिनिधित्व गर्ने १८ युवती प्रतिस्पर्धामा छन्। मिस नेपालको यो १८ औं संस्करणमा प्रतिस्पर्धीहरूले करिब डेढ महिना लामो प्रशिक्षण पाएका छन्। प्रशिक्षणको अन्तिम चरणमा सानेपास्थित इन्टरनेसनल क्लबमा भेटिएका मिस नेपालका प्रतिस्पर्धीहरूले प्रतियोगिताका लागि शारीरिक तथा मानसिक रूपले तयार भएको बताए। साप्ताहिकसँगको भेटमा अधिकांश सुन्दरीले आफैंलाई सम्भावित विजेताका रूपमा प्रस्तुत गरे। ' प्रशिक्षणका क्रममा हामी १८ जना नै एक अर्काका 'क्लोज प|mेन्ड' भैसकेका छौं, विराटनगरबाट मिस नेपालमा सहभागिता जनाइरहेकी स्नातक तहकी छात्रा रेणु पोखरेलले भनिन्— 'हामी सबैले आफूलाई नै विजेताका रूपमा लिएका छौं। मिस नेपालको पगरी कसले गुथ्नेछ भन्ने कुराको अन्तिम निर्णय आगामी बुधवार भैहाल्छ।'
यसपटकको मिस नेपाल प्रतियोगिता लामो समयपछि कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न हुँदैछ। यसअघिका थुप्रै प्रतिस्पर्धा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको प्रेक्षालयमा सम्पन्न हुँदै आएकोमा वर्ष-२०१२ को प्रतिस्पर्धा पहिलो पटक एउटा पाँचतारे होटलमा सम्पन्न भएको थियो। 'सधैं एउटै भेन्यूमा प्रतियोगिता गर्दा मोनोटोनस हुने भएकाले हामीले भेन्यू परिवर्तन गर्ने निर्णय गरेका हौं,' आयोजक संस्थाका प्रमुख गोपालकृष्ण कक्षपतिले बताए- यसपटक प्रज्ञा भवनलाई भेन्यू बनाउनु पर्ने अन्य कुनै कारण छैन। कक्षपति सुरक्षाको दृष्टिकोणले प्रज्ञा भवन उत्कृष्ट भेन्यू भएको बताउँछन्। 'नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ, कक्षपती भन्छन्— 'प्रतियोगिता ठ्याक्कै कति बजे प्रारम्भ गर्ने भन्ने निर्णय भैसकेको छैन।' सौन्दर्य प्रतियोगिताहरू अन्तर्राष्ट्रिय रूपमै प्रायः साँझकै समयमा सम्पन्न गर्ने परम्परा भएकाले मिस नेपाल- २०१३ पनि साँझ नै हुने अनुमान
गर्न सकिन्छ।
आयोजकले मिस नेपाल-२०१३ का मास्टर अफ सेरेमोनी -एमसी) पनि तय गरिसकेका छन्। आयोजक संस्थाका अनुसार दुई जना परिचित से लिब्रेटी -पुरुष/महिला) एमसीका रूपमा प्रस्तुत हुनेछन्। प्रतिस्पर्धाको प्रारम्भ स्वागत नृत्यबाट हुने सम्भावना छ। स्वागत नृत्य लगत्तै सबै प्रतिस्पर्धीले आ-आफ्नो परिचय दिनेछन्। पहिलो सिक्वेन्समा उनीहरू इभिनिङ गाउनमा प्रस्तुत हुनेछन् भने त्यसपछिको सिक्वेन्समा उनीहरूले बेस्ट डे्रस प्रस्तुत गर्नेछन्। तेस्रो सिक्वेन्समा टप टेन प्रतिस्पर्धीको छनौट गरिसकेपछि निणर्ायक चरणका लागि ५ जना सुन्दरीको घोषणा हुनेछ। आयोजकले मिस नेपालका निणर्ायकहरूको नाम आगामी बुधबार कार्यक्रम प्रारम्भ नहुञ्जेलसम्मका लागि गोप्य राख्ने बताइएको छ। कायर् क्रममा केही मनोरञ्जनक प्रस्तुतिसमेत
समावेश हुनेछन्।
यसपटकको प्रतियोगितामा झापाबाट अस्मिता सिटौला र रिजु श्रेष्ठ, धरानबाट मेघना श्रेष्ठ, इटहरीबाट ऐश्वर्या उपाध्याय, विराटनगरबाट रेनु पोखरेल, सिन्धुलीबाट रोजिशा शाही ठकुरी, मकवानपुरबाट सुजाता बलामी प्रतिस्पर्धीका रूपमा सहभागी छन्। त्यसबाहेक काभ्रेबाट सुमी लामा -मिस तामाङ-२०१२), पोखराबाट सिपोरा गुरुङ -राष्ट्रिय भलिवल खेलाडी) र रक्ष्ाा थापा, स्याङ्जाबाट बिन्दु केसी क्षेत्री, महेन्द्रनगर - कञ्चनपुर) बाट रचना भारती एवं धनगढीबाट माया सावद पनि मिस नेपालमा प्रतिस्पर्धा गर्दैछन्। मोफसलका यी १३ जनालाई राजधानीका पाँच युवतीले साथ दिइरहेका छन्। प्रतियोगितामा काठमाडौंका समीक्षा श्रेष्ठ, सृतिमा शाह, इश्ाानी श्रेष्ठ, ओसिमा बानु तथा प्रतिमा गिरी सहभागी छन्।
रचना गुरुङ शर्मा तथा प्रशान्त ताम्राकारबाट क्याटवाक, व्यक्तित्व विकास, आई कन्ट्याक्ट, पहिरन प्रदर्शनसम्बन्धी आधारभूतदेखि बृहत् प्रशिक्षण लिइसकेका मिस नेपाल-२०१३ का प्रतिस्पर्धीहरू प्रशिक्षणकै क्रममा विभिन्न सामाजिक कार्यमा समेत सहभागी भैरहेका छन्। यस क्रममा सहभागीहरूलाई आर्ट अफ लिभिङका गुरु भवेश खनालले योग, ध्यान एवं प्राणायम सहितको आर्ट अफ लिभिङको प्रशिक्षण दिएका थिए। योगेश सत्यालबाट उनीहरूले आम सञ्चारसम्बन्धी विषयमा प्रशिक्षण लिने अवसर पाए। विज्ञापन व्यवसायी रञ्जित आचार्यले मिस ने पालका प्रतिस्पर्धीहरूलाई नेपालमा विज्ञापनको बजार, अवसर तथा चुनौतीका सम्बन्धमा प्रवचन दिएका थिए। मेकअप आर्टिस्ट सकिल कुँवरले सबै प्रतिस्पर्धीलाई पालैपालो मेकअप टिप्सका सम्बन्धमा सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान दिए भने फोटोग्राफर राजभाइ सुवालले उनीहरूलाई फोटोसेसन र फोटोग्राफीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिए।
प्रशिक्षणकै क्रममा उनीहरूले यसपटकको मिस नेपालको मुख्य प्रायोजक बोटलर्स नेपालको पेयपदार्थ फेन्टा उत्पादन हुने कारखानाको भ्रमण समेत गरेका थिए। यसबाहेक उनीहरूले पुल्चोकस्थित हाम्री बहिनी तथा भाटभटेनी सुपरमार्केटको सामूहिक भ्रमणसमेत गरे। त्यसअघि उनीहरू गौशालास्थित माइती नेपालको मुख्य कार्यालयको भ्रमणमा गएका थिए। माइती नेपालमा आयोजित औपचारिक कार्यक्रममा अध्यक्ष अनुराधा कोइरालाले मिस नेपालका प्रतिस्पर्धीहरूसँग नेपाली महिलाहरूको अवस्थाका साथै समाजसेवाका बारेमा आफ्ना अनुभव साटेकी थिइन्। त्यसअघि सहभागीहरूले विराटनगरका केही कलेजको भ्रमण गर्दै त्यहाँ आयोजित फेन्टा फनमाण्डु इभेन्टमा समेत सहभागिता जनाए।
मिस नेपाल-२०१३ का तीन मुख्य विजेता मिस नेपाल, फस्ट रनर्स अप तथा सेकेन्ड रनर्सअपले क्रमशः मिस वल्र्ड-२०१३, मिस अर्थ-२०१३ तथा मिस एसिया प्यासिफिक-२०१३ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। त्यसबाहेक मिस क्याटवाक, बेस्ट डे्रस, फिगर आदि शीर्षक उपाधि जित्ने प्रतियोगीहरूले उपहार प्राप्त गर्नेछन्।
ट्यालेन्ट शोको रमाइलो
यसबीच मिस नेपाल-२०१३ का प्रतियोगीहरूले गत सोमबार काठमाडौंमा आफ्नो प्रतिभा प्रदर्शन गरे। ट्यालेन्ट शोमा १८ जना प्रतियोगीले निणर्ायकसामु आफ्नो प्रतिभा देखाउने क्रममा मुस्लिम समुदायकी एकमात्र प्रतिस्पर्धी तथा व्यावसायिक मोडल ओसिमा बानुले पाँच मिनेटमै तीन प्रकारका पहिरन तयार पारेर देखाइन्। उनले निर्धारित समयमा सल र साडीलाई मिक्स गरेर नयाँ प्रकारको डे्रस तयार पारिन्। रेणु पो खरेलले नारी अधिकारको विषयमा मन्तव्य व्यक्त गरिन्। विराटनगरकी यी सुन्दरीले मन्तव्यका क्रममा महिलामाथि हिंसाका घटना बढिरहँदा पनि सरकारले वार्ता नगरेको तथा देशमा मन्त्रीका छोरीले मात्र सुरक्षा पाउने हो ? भन्ने प्रश्न सोध्दै उपस्थित दर्शकको ताली पाइन्। भलिबलकी राष्ट्रिय खेलाडी सिपोरा गुरुङले 'कति राम्रो...' गीतमा नृत्य प्रस्तुत गरिन्। ट्यालेन्ट शोमा सहभागिता जनाउनकै लागि विशेष प्रशिक्षण लिएका युवतीहरूले आफूलाई उत्कृष्ट सावित गर्न कडा मेहनत गरेको देख्न सकिन्थ्यो। उक्त अवसरमा प्रतिस्पर्धी सृष्टिमा शाहले बे ली डान्स प्रस्तुत गरिन्। शाहले कोरियोग्राफर नम्रता केसीसँग पाँचदिने नृत्य प्रशिक्षण लिएको बताइन्। पूर्वमिस तामाङ सुमी लामाले तारादे वीको 'उकाली ओरालीहरूमा...' गाएर सबैको मन जितिन्। रचना भारतीले साडी र सिल्क सलको प्रयोगमा नयाँ शैलीको पहिरन तयार पारेर देखाइन् भने पश्चिम नेपालकी माया सावदले हिपपप र बेली डान्स प्रस्तुत गरिन्। डेन्टिस्टकी छात्रा इसानी श्रेष्ठले स्टेजमै भगवान गणेशको चित्र तयार पारिन् भने बिन्दु केसीले एकल नाटक मञ्चन गरिन्। मिस बलामी-२०११ की विजेता सुजाता बलामीले कुमारी नृत्य प्रस्तुत गरिन्। उनलाई कोरियोग्राफर कृपा बज्राचार्यले प्रशिक्षण दिएकी थिइन्।
फेन्टा मिस बब्ली पनि
फेन्टाको रमाइलो र उत्साहजनक छविको प्रतिनिधित्वस्वरूप यसपटकको प्रतियोगितामा 'फेन्टा मिस बब्ली' शीर्षकको प्रतियोगिता थपिएको छ। यो प्रतियोगिताले समग्र प्रतियोगितामै केही उत्साह र रमाइलोपन थपेको आयोजकहरूको दाबी छ। १८ प्रतिस्पर्धीमध्ये फेन्टाका उपभोक्ताले सबैभन्दा जीवन्त र रमाइलो स्वभाव प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई आफ्नो मोबाइलबाट एसएमएसमार्फत मत व्यक्त गर्न सक्नेछन्। विजेता छनौट प्रतिस्पर्धीहरूले प्राप्त गरेको मतका आधारमा हुनेछ। भोटिङ गर्नेमध्ये १० भाग्यशालीले मिस नेपालको फाइनल प्रत्यक्ष हेर्ने विशेष पास प्राप्त गर्नेछन् भने निणर्ायक प्रतियोगितामा मिस बब्लीलाई पनि पुरस्कृत गरिनेछ।
-- साभार -साप्ताहिक