विल्सनविक्रम राई अर्थात् तक्मे बुढा। एकदमै छोटो समयमा टेलिभिजन संसारमा जमे उनी। उनले भन्ने 'लाखे हौ', 'सेवारो', 'नाइन्टिन फोन्टिन' धेरैका मुखमा झुन्डिएका छन्। चौध वटा देशमा उनले आफ्नो हास्यव्यंग्यको करामत देखाइसकेका छन्। तर, कलाकारितामा जम्न उनले कम्ती संघर्ष गरेका छैनन्। तक्मे बुढासँग स्वरूप आचार्यले गरेको अन्तरंग कुराकानीः
हिजोआज के गर्दै हुनुहुन्छ?
रेगुलर काम र कार्यक्रममा व्यस्त छु। कार्यक्रम नै कार्यक्रम मै व्यस्त छु। सन् २०१३ मा बोनी राम्रो भयो। न्यू इयरको सुरुवात जापानबाट भयो। त्यसैले बाहिर घुमेको घुम्यै छु। जापान पछि दुबई अनि कुवेत गइयो। अब हङकङ, मकाउ, जापानमा फेरि जानुछ। फिल्ममा केही गर्छु भनेर यो क्षेत्रमा आएको हो। तर, पहिला सिरियलले क्लिक गर्यो। त्यसपछि आएको 'सायद' फिल्म पनि चल्यो। फिल्मबाट पनि त्यसैले अफर आइरहेको छ।
सन् २०१२ तपाईंलाई फाप्यो?एकदमै फाप्यो। चारवटा फिल्म गरेँ। 'मेरी बास्सै' सिरियलबाट पनि चर्चा कमाइयो। चौधवटा जति देश घुमेँ। नेपाल भित्र पनि धेरै कार्यक्रम गरियो।
कसरी यो क्षेत्रमा आउनुभयो, केले तान्यो?खै हो, के ले तान्यो भन्नु? मैले सबैभन्दा पहिला खेलेको फिल्म भनेको 'साथी' हो। त्यसमा मेरो एकदमै सानो भूमिका थियो। झापामा सुटिङ भएको थियो त्यो। राजेश दाइसँग पछि-पछि लागेर १५ दिन सुटिङ युनिटसँग हिँडियो। गाउँमा त पूरा चर्चा- 'मोटे ड्राइभर'को छोराले राजेश हमालसँग फिल्म खेलेको छ भनेर। फिल्म रिलिज भयो। हेर्न गइयो। एक सिन फ्याट्ट देखायो। त्यसपछि त कि राजेश दाइ कि कुकुर! बाका साथीहरूले गएर बालाई पम्पु लगाइदिएछन्, 'तेरो छोरोभन्दा त कुकुर गतिलो रहेछ। फिल्मभरि त्यो मात्रै छ।' बाले त्यसपछि धुलाइ दिए। पहिलो फिल्म खेलेर पाएको अवार्ड भनेको बाको चुटाइ हो। त्यसपछि जसरी पनि फिल्म खेल्नुपर्छ, पर्दामा अनुहार देखाउनुपर्छ भन्ने भुत नै चढ्यो नि। (हाहाहा...) सानो उमेरमै कलाकार बन्ने यस्तो 'फिल्ममोनिया' भन्ने भाइरस लाग्यो कि मेरो ब्लड ग्रुप नै 'एफ पोजिटिभ' भएजस्तो छ।
अनि त्यसपछि के गर्नुभयो त?खासै केही गरिएन। फिल्म खेल्ने रहर पालेर बसियो। आमा बित्नुभयो। घरको जिम्मेवारी आफ्नै काँधमा आयो। बहिनीहरूको खानपिनदेखि स्कुल 'ल्याउ-लग'सम्म। आफू पढ्न सकिएन। अनि काठमाडौँ आइयो। यहाँ आउँदा १५-१६ वर्षको थिएँ। एउटा डान्स रेस्टुरेन्टमा डान्सरको काम पाएँ। नाच्न खप्पिस थिएँ। 'म हुँ नेपाली बाबु...' गीतमा दौरा सुरुवाल लगाएर नाचेपछि त, कलिलो ठिटो, क्युट देखिन्थेँ। पैसा त फुतफुत झर्थे। त्यसपछि गोजीमा पैसा हुन थाल्यो।
ओहो, काठमाडौँमा आएर गोजीभरि पैसा भएपछि त मोज गरियो होला नि? रोकतोक गर्ने मान्छे पनि थिएनन्।के को मोज गर्नु, हो? आफूलाई फिल्म खेल्न मन लागेर काठमाडौँ आएको। रातभरि नाचेको पैसा बोकेर गइन्थ्यो चोभारतिर। त्यहाँ त सधैँजसो फिल्मको सुटिङ हुने। अनि, त्यहाँ गएर सुटिङ हेरिन्थ्यो। अनि सुटिङमा काम गर्ने असिस्टेन्ट, प्रोडक्सन म्यानेजर, स्पटब्वाईलाई चियानास्ता ख्वाइन्थ्यो। यसो फिल्मका मान्छेसँग चिनापर्ची गराइदिन्छ कि भनेर। आफ्नो लागि त उनीहरू नै डाइरेक्टर सरह (हाहाहा...)!
अनि स्पटव्बोईले चिनायो त निर्देशकसँग?कहाँ ऊ पनि त बिचरो नै हो नि। त्यसपछि पुतलीसडकको एउटा चियापसल पत्ता लगाइयो। जहाँ कलाकारहरू आउँथे। त्यहाँ उनीहरूको गफ सुनेर खाएको चियाको पैसा तिर्न थालियो। एक दिन आफू पनि त्यस्तै हुने सपना पनि देखिन्थ्यो। फिल्म खेल्न रुचि छ भनेर थाहा पाएपछि धेरैले, 'ए, मेरो अफिसमा आएर भेट' भन्थे। 'तपाईंको अफिस कहाँ छ?' भनेर सोध्यो भने, 'ल, त्यति पनि थाहा छैन? जसलाई सोधे पनि भन्दिन्छन्,' भन्थे। कसलाई सोध्ने मलाई के थाहा? (हाहाहा...)
ओहो, कसैले पनि अफिसको ठेगाना दिएनन् त?दियो नि। एकजनाले घरै दियो। एक जना निर्देशकले 'मेरो काममा सघाऊ, फिल्म खेलाइदिन्छु' भन्यो। त्यसपछि रातभरि नाच्ने। बिहान उसको घरमा जाने, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने सबै गर्न थालियो। फिल्मको सुटिङ सुरु भयो। त्यो बेला दुई महिनाभन्दा बढी लाग्थ्यो फिल्मको पूरा सुटिङ हुन। निर्देशकको ब्याग बोकर गयो, फर्क्यो। सुटिङ सकिन १५ दिन बाँकी हुँदा सोधेँ, 'खै त मलाई फिल्म खेलाउँछु भनेको हैन?' उनले भने, 'ल भोलि तिम्रो सिन, राख्छु।' भोलिपल्ट के भन्छ, 'बालकलाकारमा खेलाउँ भने तिमी ठूलो छौ, हिरोको साथी बनाउँ भने तिमी सानो देखिन्छौ। तिम्रो उमेर नै मिलेन।' मैले, 'त्यसो भनेर कहाँ हुन्छ? यत्रो दिन सेवा गरिसकेँ फिल्ममा त खेलाउनु नै पर्छ,' भनेर अड्डी कसेँ। त्यसपछि एउटा गीतमा मज्जासँग थपडी लगाउने सिन पाईयो। कसेर थपडी पनि बजाइयो। क्यामराले घुमाई-घुमाई मेरो सट पनि लियो। पछि फिल्म हेर्न गएको त नामोनिशान छैन। केको खिच्नु? बोका बनाए छ नि। (हाहाहा...)
तपाईंले टेलिभिजनमा प्रवेश कसरी गर्नुभयो?'आयो बोके दाह्री' भन्ने टेलिसिरियलबाट टेलिभिजनमा प्रवेश गरेको हुँ। त्यसमा मैले तेस्रोलिंगीको भूमिका गरेको थिएँ। त्यो त्यति धेरै चर्चित त भएन। तर, अलिअलि मान्छेले कलाकार हो भनेर चिन्न भने थाले। त्यो च्यानल नेपालबाट आउँथ्यो। म क्यारेक्टरमा यति घुसेछु कि आफूलाई तेस्रो लिंगी नै ठान्न थालेछु। एकचोटि एउटा कपडापसलमा गएको, म त पिंक कलरको लेडिज ड्रेस पो हेरेको हेर्यै! 'ओई के हेरेको?' भनेर साथीले भनेपछि पो झसंग भएँ। पछि 'झाँक्री' भन्ने क्यारेक्टर नेपाल टेलिभिजनको सिरियलमा गरेपछि भने मान्छेले चिन्न थालेका हुन्।
टेलिभिजनमा प्रवेश गरेपछि फिल्मको मोह त्याग्नुभयो त?कहाँ त्याग्नु नि हो? 'सायद' भन्ने फिल्म गरेको थिएँ। त्यो फिल्म रिलिज भएको थिएन। एउटा ट्रायल सो गर्दा लेक्स लिम्बू पनि थिए। उनले त्यो हेरेपछि मलाई र संयम पुरीलाई भेटेर अन्तरवार्ता गर्छु भने। हामी उनको घरमा गएर अन्तरवार्ता दियौँ। अन्तरवार्ताको अन्तिमतिर मैले चार-पाँचवटा जोक्स सुनाएँ। उनले नेपाल आएर एउटा डकुमेन्ट्री बनाएका रहेछन्। त्यो ९० मिनेटको डकुमेन्ट्रीको ट्रायल सो गर्दा अन्त्यमा मेरो तीनचार मिनेटको जोक्स राखेछन्। त्यो सबैभन्दा बढी हिट भएछ। पछि मलाई उनले फोन गरेर युट्युबमा राखिदिन्छु है भनेर सोधे। मलाई त्यसबारे जानकारी थिएन। यताउता सोधेर हुन्छ भने। पछि त त्यो हिट भएछ। यूकेको नेपाली कम्युनिटीतिर त सबैतिर मेरै जोक्स। आफूलाई यहाँ कसैले नचिन्ने। म यूकेमा हिट भएको कुरा राजेश पायल राईले भन्नुभएको हो। उहाँ त्यहाँबाट भर्खर फकर्नुभएको थियो। मैले झापाको केर्खा महोत्सवमा भेटेको बेला भनेको।
तपाईं केर्खा किन जानुभएको थियो? झाँक्री भएर हँसाउन?म त्यो कार्यक्रमको होस्ट पनि थिएँ र बेलाबेलामा यसो जोक्स पनि हान्ने। सानोतिनो टाइमपास। मान्छेले अनुहारले त चिन्न थालेका थिए। नाम चिनाउनुथियो नि त। त्यहाँ आएका सबै हास्यकलाकारलाई म पनि कमेडी गर्छु भनेर भन्थेँ। सबैजना 'ए ठिक छ, काठमाडाँै आएपछि फोन गर' भन्थे। फोन नम्बरभने दिँदैनथे। बाह्र दिनको कार्यक्रम थियो। एक दिन केदार घिमिरे 'माग्ने बूढा' आउनुभएको थियो। उहाँको अगाडि पनि आफ्नो पसल फिजाएँ। उहाँलाई मन पर्यो। त्यसपछि उहाँले आफ्नो फोन नम्बर पनि दिनुभयो, मेरो पनि लिनुभयो। बल्ल केही होलाजस्तो भयो है। अनि काठमाडौँ फर्किएर भेट्न भन्नुभयो। म भेट्न गएँ। उहाँले म 'छ एपिसोड दिन्छु, चल्नुभयो भने ठिकै छ, नत्र म केही गर्न सक्दिनँ। चल्नुभयो भने तानेको तान्यै गर्छु' भन्नुभयो। मैले हुन्छ भनेँ। भोलिपल्ट सुटिङमा बोलाउनुभयो। सुटिङ गरियो। सात मिनेट सत्र सेकेन्डको सिन छ, त्यसमा चार मिनेट त मैले कन्टिन्यू डाइलग बोलेको छु। पञ्चलाइन त कति ठाउँमा छ, छ। अब केही हुन्छ भनेर सोचिरा' थिएँ। बान्द्रेले आएर के भन्यो भने, 'दाइको धेरै राम्रो छ। तर, गलत टाइममा पर्यो। लोडसेडिङ छ। गाह्रो छ। दशैँतिहारताका भएको भए हिट हुन्थ्यो।' अब परेन फसाद? जे होस्, होस् भनेर सोचेको थिएँ। एक एपिसोड आयो। हिट भइयो। नेपाल यातायात र ट्याम्पुमा हिँड्नुछ। आफ्नै जोक्स भन्छन्, तक्मे बूढो भनेर 'लाखे, ओ लाखे...गुटुङ टुङ... सेवारो है नानी' भन्छन्। आफूलाई चिनेर भनेको कि भनेर आवेशमा आयो, यसो फर्केर हेर्यो। आफैँ गफ गरिरा' हुन्छन्। चिन्दैनन् त हो।
अब खोजेको कुरा प्राप्त भएपछि कस्तो फिल हुनथाल्यो?बर्बादै भयो नि। यता-उताका कोठामा बस्ने छिमेकीका नानीहरूले पहिला चिन्नथाले। त्यसपछि बिहानै जिस्काउने, बेलुकै जिस्काउने। आफ्नो न खाने ठेगान छ, न सुत्ने ठेगान। आइगयो त कोरियाबाट फोन कार्यक्रमका लागि। खल्तीमा मलेसिया रिटर्नको पासपोर्ट छ। गोजीमा सुको छैन। अनि क्षितिज देवान दाइकहाँ सापट माग्न गएँ। उहाँले पासपोर्ट बनाउन र राम्रो लुगा लगा भनेर पनि पैसा दिनुभयो।
नयाँ पासपोर्टमा कोरियाले भिसा दियो त?किन नदिनु? आँखा चिम्सो चिम्सो, काकाकै छोरो परेछ भनेर झ्याम्मै हान्यो नि। त्यसपछि हङकङले पनि मामाको छोरो भनेर दियो। (हाहाहा...)
तपाईंको बुबाले तपाईँलाई जन्म दिनुभयो, पहिचान त 'माग्ने बूढा'ले दिएछन्।खाँट्टी कुरा नै त्यही हो। मेरो दोस्रो बाबु केदार घिमिरे हुन्। जे पाएँ, उनीबाटै पाएँ।
तपाईं मान्छेलाई हँसाउने पेशामा हुनुहुन्छ। कत्तिको गाह्रो छ मान्छे हँसाउन?रुवाउन पो सजिलो त, हँसाउन त निकै गाह्रो छ नि। एउटा मिठो गीत सुनाएर पनि मान्छेलाई रुवाउन सकिन्छ। तर, हँसाउन त लास्टै गाह्रो छ नि।
तपाईं हास्य कलाकार कि मात्र कलाकार?म कलाकारिताको विद्यार्थी हुँ, जो एउटा विधामा पारंगत हुन खोजिरहेको छ। कलाकार भनेको हरिवंश, मदनकृष्ण दाइहरू हो।
तपाईं पनि हेर्दाहेर्दै सेलिब्रिटी हुनुभयो। अहिले त तपाईंको पनि धेरै फ्यान छन् नि हैन?हाम्रा फ्यान हुँदैनन्, शुभचिन्तकमात्र हुन्छन्। फ्यान त अमिताभ बच्चन, शाहरूख खानजस्ता सेलिब्रिटीका मात्र हुन्छन्, जो उनीहरूको सामीप्यको कल्पनामात्र गर्न सक्छन्। देख्न पनि धौ-धौ हुन्छ। हामी त जहाँतहीँ फेला पर्ने केको सेलिब्रेटी? हाम्रो के को फ्यान?
हिट भएपछि टन्नै पैसा कमाइयो होला नि? सापट लिएको ऋण तिर्ने पैसा कमाइयो। तर, गुन भने तिर्न सकिएको छैन।
धेरै संघर्ष गर्नुभयो। रिल लाइफ र रियल लाइफमा के भिन्नता रहेछ?रिलमा जे चिजको पनि राम्रो नभएपछि रिटेक हुन्छ। रियल लाइफ भनेको 'वान टेक ओके' हो।
--नागरिक