CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हेर्नुस त यो विज्ञापनको रमाइलो :खुल्लम खुल्ला .......... गरेको होइन त यो ?

हेर्नुस त यो विज्ञापनको रमाइलो :खुल्लम खुल्ला .......... गरेको होइन त यो ?

unicef पत्रिकाहरुमा कहिलेकाहीँ समाचारभन्दा विज्ञापनहरु रोचक हुन्छन्। एउटा त्यस्तै विज्ञापन आज भेटियो।
सार्वजनिक दायित्व भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कुनै देशमा काम गर्दा वा काम दिँदा व्यक्तिगत रुचिले दिन पाइन्न। सार्वजनिक सूचना छापेर खुला प्रतिस्पर्धा गराउनु पर्छ। रमाइलो के हुन्छ भने त्यसरी सूचना छाप्दा शर्तहरु भने आफूले चाहे जस्तो राख्न पाइन्छ।
देउताहरुबीच प्रतिस्पर्धा भनेपछि ३३ कोटी देउता नै सहभागी हुन पाउँछन्। तर बाघको छाला ओढ्ने, तेस्रो आँखा भएका, निलो घाँटी भएका, जटा परेको कपाल, शरीरमा सर्पहरू बेर्ने, डमरू तथा त्रिशुल बोक्ने, साँढे चढ्ने जस्ता शर्तहरु तेर्स्याएपछि सबै देउता अयोग्य हुन्छन् र मात्र भगवान शिव बुझिन्छ।
शिवबाहेक त्यस्ता विशेषता बोकेका देउता नै हुँदैनन्। शर्तहरुले शिवजी नै बुझाउन खोजेको भए पनि प्रतिस्पर्धा भने ३३ कोटी देउताबीच नै भएको जस्तो देखाउन खोजिन्छ।
सरकारी, गैरसरकारी वा निजी संस्थाहरुले पनि सार्वजनिक विज्ञापन छाप्दा त्यस्तै गर्ने गर्छन् तपाईँहरुले याद गर्नुभएको भए।
हिजो छापिएको संयुक्त राष्ट्र संघीय संस्था युनिसेफको विज्ञापन पनि त्यस्तै छ। विज्ञापनमा हेर्नुस्- त्यसमा लेखिएको छ एउटै त्यस्तो मिडिया समूह जसले रेडियो, टेलिभिजन, ठूलो आकारको ब्रोडसिट दैनिक, ट्याब्ल्वाइड र म्यागेजिन त्यो पनि दुई भाषा अङ्ग्रेजी र नेपालीमा निकाल्छ।
नेपालमा त्यस्तो कुन मिडिया समूह छ, आँ गर्दा अलङ्कार बुझ्ने पाठकहरुले बुझिहाल्नुभयो होला। छैन त रमाइलो विज्ञापनका शर्तहरु ? :)
हेर्नुस् विज्ञापन
photo
साभार : माई संसार










Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis