CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पुरुष यौनकर्मी ; राजधानीमा

पुरुष यौनकर्मी ; राजधानीमा


महिला यौनकर्मीलाई चिन्‍न गाह्रो छैन। उनीहरूको गतिविधि, बोली र हुलियाबाटै चिन्न सकिन्छ, उनीहरूलाई। उनीहरू सार्वजनिक रूपमै ग्राहकको खोजिरहेका, मोलमोलाइ गरिरहेका भेटिन्छन्। तर नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या पनि बढिरहेको छ। हुलिया उच्चस्तरको हुने हँदा उनीहरूको पहिचान गर्न गाह्रो छ। मैतीदेवीमा डेरा गरिबस्ने एक जना युवा छन्,
हट्टाकट्टा। मंगोलियन अनुहारका ती युवाको दिनचर्या सुरु हुन्छ, नित्यकर्मपछि जिमखानाको अभ्यास। बलिष्ठ र आकर्षक शारीरिक बनावटका उनी न धूमपान गर्छन्, न मदिरासेवन। बिहान काजु, बदाम र दूधजस्ता शाकाहारी पौष्टिक तत्त्व सेवन गर्छन्। उनको काम सुरु हुन्छ, दिनमा। त्यो काम हो, विभिन्न महिलालाई यौनसन्तुष्टि प्रदान गर्नु। उनी त्यस्तो काम गर्छन् भन्ने पत्याउन गाह्रो हुन्छ, उनको हुलिया हेर्दा।
ती युवाजस्ता पुरुष यौनकर्मीको विषयमा खोजी गर्न निस्कँदा पुरुष यौनकर्मीका विविध विषयमा जानकार तथा यौनहिंसाविरुद्ध काम गरिरहेको संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको सहयोग लिइयो। यस्तै यौनकर्मीकै विषयमा काम गरिरहेकी एक ५० वर्षीया यौनकर्मी महिलालाई केही शुल्क तिरेर पुरुष यौनकर्मीका विषयका केही सूचनाहरू पंक्तिकारले प्राप्त गरेको छ।
यौनकर्मले फेरियो जीवन
कुनै बेला मेनुका थापा एक लोकदोहोरी रेस्टुरेन्टमा गायिकाको रूपमा जागिर खान्थिन्। उनले त्यहाँ एक किशोरलाई भाँडा माझ्ने कामदारका रूपमा देखेकी थिइन्, १५ वर्षअघि। ती किशोर १२र१३ वर्ष जतिका थिएु, मेनुका सम्झिन्छिन्।
उदयपुरबाट आएका तामाङ थरका ती युवालाई द्वन्द्वकालमा माओवादीले आफ्नो सेनामा भर्ना गर्न लाग्दा मुस्किलले बचेर भागेका रहेछन्। सुरुमा आफ्नो काकाको छोराले चलाउने ट्याम्पोमा खलासीका काम गरेका उनलाई दाजुले तलब खर्च नदिएपछि उनी रेस्टुरेन्टमा भाडा माझ्न आएका रहेछन्। मेनुका एक दिन यौनकर्मीहरूलाई भेट्न रत्नपार्क जाँदा गणेश मन्दिरअगाडि ती किशोरलाई धेरै समयपछि फरक हुलियामा भेटिन्। ुकपाल पनि स्टाइलको पारेछ, लुगा कपडा पनि फरक, टिमिक्क परेको शरीर, जिम पनि जाँदा रहेछन्ु, मेनुका भन्छिन्,ुती भाइ त यौनकर्मी बनेर पो बदलिएका रहेछन्।ु
ती यौनकर्मी युवाले सेवा दिने महिलाहरूको उमेर ४० कटेका छन्। उनले मेनुकालाई भनेअनुसार उनले नेपाली चलचित्रकी एक अभिनेत्रीलाई समेत सेवा प्रदान गरिसकेका छन्। तर उनले सेवा दिनुपर्ने एक महिलाले भने उनलाई आदेश दिएकी छन्, ुमबाहेक अरू कसैलाई सेवा प्रदान गर्न तिमीले पाउँदैनौं।ु उनी आफूले सेवा दिन महिलालाई ुम्यामु भनेर सम्बोधन गर्छन्। ड्रेस अप र हेयर स्टाइलका लागिसमेत सल्लाह दिने ती म्यामले उनलाई पैसा टन्न दिनेमात्रै होइन, बेलाबेलामा सपिङ पनि गरिदिन्छिन्।
अयोग्य लडाकुको नयाँ लडाइँ
एकजना यौनकर्मी पुरुष छन्। कुनै बेला उनी देशलाई परिवर्तन गर्न माओवादी लडाकु बनेर विभिन्न मोर्चामा लडाइँ लडेका थिए। सिन्धुपाल्चोक ज्यामिरेका उनी लडाकुलाई सेनामा समायोजन गर्ने क्रममा अयोग्य घोषित भएपछि उनी आफ्नो पार्टीको नेतृत्वबाट विरक्तिए। गाउँमा पनि उनलाई टिक्न गाह्रो भयो र उनी काठमाडौं आए र सानो नाङ्ले पसल चलाउन थाले। तर यी तीनजना छोराछोरीका बावुको नाङ्ले पसल भने चलेन।
तर नाङ्ले पसल सञ्चालनका क्रममा उनको यौनकर्मी महिलासँग चिनजान भयो। पुरुष यौनकर्मी खोज्न महिला पनि हुन्छन् भन्ने उनले बुझे। पुरुष यौनकर्मी खोज्ने महिलाले प्रत्यक्ष रूपमा भन्दा पनि विभिन्न सम्पर्क सूत्रमार्फत खोज्दा रहेछन्। सम्पर्क सूत्रका रूपमा होटेल, गेस्ट हाउस सञ्चालकहरू तथा स्वयम् यौनकर्मी महिलाहरू हुँदा रहेछन्। यसबापत यौनकर्मी महिलाले दुई सय रुपैयाँ कमिसन पाउँदा रहेछन्। उनै यौनकर्मी महिलाबाट जानकारी पाएपछि ती अयोग्य लडाकु यौनकर्मी भएका रहेछन्।
ती युवाले मेनुका थापालाई भनेअनुसार उनका ग्राहकहरू धनी परिवारका महिला छन्। एक पटक सेवा दिएबापत पाँच हजार लिन्छन् उनी। अहिले पल्सरमा हिँड्छन्। राम्रो मोबाइल फोन बोक्छन्। कहिलेकाहीँ ग्राहकले थप टिप्स पनि दिने हुँदा अहिले उनी मस्तीको जीवन बिताइरहेछन्।
धन्दामा डान्सबारका मालिक पनि
ठमेलमा डान्सबार चलाउने एकजना पुरुष पनि यौन पेसामा लागेको पाइयो। डान्सबारमा मदिरा सेवन गरेपछि झगडा हुनेजस्ता अनेक झमेलाबाट वाक्क लागेपछि उनले मसाज पार्लर खोलेछन्। मसाजमा पनि बेलाबेलामा प्रहरीले दुस्ख दिइरहेकै थिए। ४५ वर्षीय ती व्यक्तिको मसाज पार्लरकै परिचयपत्र फेला पारिछिन्, एसएलसी दिँदै गरेकी उनकी छोरीले। उनकी छोरीले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएकी रहिछन्, मसाज सेन्टरमा विभिन्न विकृतिहरू हुन्छन् भन्ने। घरमा ुट्राभल एजेन्सी चलाइरहेको छुु भन्दै आएका उनलाई छोरीले भनिछन्, ुबाबा, मसाज सेन्टरमा त नराम्रो काम पो हुन्छ होइन ?
छोरीको यस्तो वचन एकातिर सुन्नु, अर्कातिर मसाज पार्लरबाट पनि राम्रो आम्दानी नभएपछि आर्थिक अभावमा गुज्रिएका ती व्यक्तिलाई लागेछ, केटाले यौन प्यास मेट्न केटी लैजान्छन् भने केटा खोज्दै आउने केटी पनि होलान् नि ! त्यसपछि उनी रत्नपार्क पुगेर एक महिला यौनकर्मीलाई लगेर गेस्ट हाउसमा पुगेछन्।
यौनकर्मी महिलाले मागेअनुसार एक हजार पाँच सय रुपैयाँ उनले दिए। मासुभात खुवाए। एउटै कोठामा बसेर पनि उनले यौनसम्बन्ध राखेनन्। बरू भनेछन्,ुखासमा म पुलिस हुँ। अनुसन्धानमा छु। म तिमीलाई केही गर्दिनँ। बरू बहिनी बनाउँछु। के पुरुष खोज्ने महिला पनि हुन्छन्रुु
भोलिपल्ट ती यौनकर्मी महिलाले संकेतमार्फत पुरुष यौनकर्मी चिनाइदिएपछि उनी ढुक्क भएछन्, यौनकर्मी पुरुष पनि हुन्छन् भन्नेमा। तिनै यौनकर्मी महिलाले ग्राहकसमेत खोजिदिन थालेपछि कुनै बेलाका डान्सबारका मालिक यतिखेर यौन पेसामा निर्लिप्त भएर लागेका छन्। उनी पुरुष यौनकर्मीको संगठन बनाउने योजनामा रहेको सुनाउँछिन्, रक्षा नेपालका अध्यक्ष मेनुका थापा।
सेवाग्राही महिला
५० वर्षीया यौनकर्मी महिलाले पुरुष यौनकर्मी महिलाबाट सेवा लिने महिलाहरूका बारेमा विभिन्न कुरा खुलाइन्। उनले अवलोकन र अनुभवअनुसार यौनकर्मी पुरुषबाट सेवा लिने महिलामध्ये अधिकांशको उमेर ४० कटेको हुन्छ। श्रीमान् देशबाहिर भएकाहरूले नै पुरुष यौनकर्मीबाट यौन सन्तुष्टि लिने गरेका छन्। ती महिलाहरूले सबै कुरा पुगिसरी भए पनि यौन सन्तुष्टि दिने श्रीमान् बाहिर भएका हुँदा यौन सन्तुष्टिका लागि पुरुष यौनकर्मीको खोजी गर्ने गरेको ती महिलाले खुलाइन्।
कतिपय महिला स्कूटर चढेर तारेहोटेल तथा रिसोर्टमा जाने र त्यहाँबाट पुरुष यौनकर्मी बोलाउन लगाएर सन्तुष्टि लिने गरेका छन्। खासगरी सामान्य होटेल तथा लजमा प्रहरीले छापा मार्ने तर तारे होटेल तथा रिसोर्टमा त्यस्तो खतराबाट जोगिन सकिने हुँदा ती महिलाले महँगो ठाउँ रोज्ने गरेका छन्। गोपनीयताको हिसाबले पनि ती ठाउँ सुरक्षित मानिन्छन्।
यौनकर्मी पुरुषको सेवा लिने सेवाग्राही महिलालाई मोबाइल र मोटरसाइकलले सहज बनाएको छ। भनेको समयमा पुग्न मोटरसाइकलले सजिलो बनाएको छ भने बोलाउनका लागि मोबाइलले।
ती यौनकर्मी महिलाले बताएअनुसार उनीसँग एउटै घरमा बस्ने एक जना युवक छन्। उनी राजधानीको कुनै एक तारे होटेलमा सुरक्षा गार्डको रूपमा काम गर्छन्। पुरुष यौनकर्मीसँग सन्तुष्टि लिएर होटेलबाट बाहिरिँदा त्यस्ता महिलाले ती युवकलाई राम्रो टिप्स दिँदा रहेछन्।
भरपर्दा ग्राहक
यौनकर्मीहरूको गतिविधि तथा समस्याका बारेमा खोज्दै जाँदा रक्षा नेपालीकी अध्यक्ष मेनुका थापाले एक व्यापारी मारवाडीकी श्रीमतीलाई भेटिछन्। मेनुकाले बताएअनुसार घरका श्रीमान्ले उनलाई यौनसम्बन्धको लागि कुनै समय दिन नसकेपछि उनले यौनकर्मी पुरुष वा कुनै हट्टाकट्टा जवान भेटे पैसा खर्च गरेर यौनसन्तुष्टि लिने गरेकी छिन्। ती महिलाले मेनुकालाई भनेको कुरा यस्तो छ स्
मेरा श्रीमान्लाई पैसा भनेपछि केही चाहिँदैन। जहिले पनि लाख, करोडको हिसाबमात्रै गरिरहन्छन्। जग्गा जोड्ने र पैसा कमाउनेमात्रै कुरा हुन्छ। यौनसम्बन्धका लागि कुनै समय दिन नसकेपछि म यौनकर्मी पुरुष वा कुनै पार्टनरको खोजी गर्न थालेँ। तर मलाई केही थाहा थिएन।
मैले पत्रपत्रिकाहरूबाट के थाहा पाएँ भने मसाज पार्लरहरूमा यौन धन्दा चल्छ। मैले अहिले एउटा मसाज पार्लरमा केही लगानी गरेको छु। केटी खोज्दै आउने कोही हट्टाकट्टा पुरुष आए भने म आफैं तयार हुन्छु। सेनाको मेजरसँग पनि मेरो सम्बन्ध छ। यौन सन्तुष्टिका लागि म आफैं पनि खर्च गर्न तयार हुन्छु। के म मान्छे होइन, मैले यौन सन्तुष्टि पाउनु परेन ?
दुई महिला एक ट्याक्सी चालक
एक दिन एक मगर थरका ट्याक्सी चालक रात्रिकालीन समयमा ट्याक्सी लिएर बाहिर निस्के। दुईजना महिला ट्याक्सीमा चढे। उनीहरूले रविभवनहुँदै वाफलतिर जान भने। ट्याक्सी चालकले उनीहरूको जस्तो आग्रह गरे, त्यो दिशामा ट्याक्सी मोडे।
एक घरमा पुगेर गाडी रोक्न लगाए, ती दुई महिलाले ट्याक्सी चालकलाई घरभित्र लगे। घरभित्रै पैसा लिन चालक पनि महिलाका पछि लागे। एउटी कामदार केटी रहिछिन्। उनलाई अर्को कोठामा जान भनेपछि ती दुई महिलाले महँगा मदिरा र खानेकुरा ल्याए। चालकलाई खाऊँ भने। चालक परेछन्, मदिरा सेवन नगर्ने।
अब वास्तविक खेल सुरु भयो। ती दुई महिलाले चालकलाई आफूहरूसँग यौनसम्पर्क राख्न आग्रह गरेछन्। दुई महिलालाई उनले सन्तुष्टि दिन त खोजेछन्, तर दुई महिलाले सोचेजस्तो सन्तुष्टि दिन नसकेपछि महिला स्वयम् चालकमाथि सक्रिय भएछन्। भोलिपल्ट ट्याक्सी भाडाबापत १० हजार दिएछन्। त्यो घटनापछि थाकेका उनी रगत जँचाउन जाँदा ती यौनकर्मी महिलाले भेटेकी रहिछन्।
ढल्कँदो उमेर चढ्दो जवानी
यौनको विषय मानिसको निक्कै चासोको विषय हो। तीमध्ये पनि कति उमेरसम्मका महिलाले पुरुष यौनकर्मी वा यौन सन्तुष्टि दिने पुरुषको खोजी गर्छन् होलारु यो अर्को खुल्दुलीको विषय हो।
५० वर्ष कटिसकेकी र अहिले पनि बेलाबेलामा आफ्ना ग्राहकलाई सन्तुष्टि दिँदै आएकी चौधरी थरकी यौनकर्मी महिलाले राजधानीबाट प्रकाशित हुने एक साप्ताहिकलाई अन्तर्वार्ता दिएकी थिइन्, तीन वर्षअघि। उनलाई सोधिएको प्रश्न थियो, ुपुरुष खोजी दिन भन्दै आउने महिलाहरू पनि होलान् निरुु
ती यौनकर्मी महिलाले भनेकी थिइन्,ुएकजना ललितपुरतिरकी महिला छिन्, ७० वर्ष कटिसकेकी। उनलाई सेवा दिन एकजना भाइ जान्छन्। विदेशबाट पैसा आउँदो रहेछ, ती महिलाको। अहिले त त्यो भाइ पल्सरमा चढ्छ, सुनको मोटो सिक्री लगाउँछ, सबै ती महिलाले किनिदिएकी रे।
यौनकर्मी महिलाले यस्तै ढल्कँदो उमेरकी एक महिलाको रोचक घटना सुनाइन्। एक युवा एउटा घरमा रङ लगाउन गएछन्। त्यस घरमा ६० कटेकी एक महिलामात्रै रहिछिन्। उनले रङ लगाउने युवालाई घरभित्र बोलाएर च्याप्प अँगालो मारिछिन् र यौनसम्पर्कको लागि आग्रह गरिछिन्।
सम्पर्क सुत्र
आफूलाई यौन सन्तुष्टि दिने पुरुषको खोजी गर्ने महिलाले विभिन्न सूत्रमार्फत उनीहरूलाई फेला पार्ने गरेका छन्। क्यासिनो, फिल्म हल, स्वयम्भू क्षेत्र आदि पुरुष यौनकर्मी र महिलाहरूको भेट गर्ने स्थल रहेको ती यौनकर्मी महिलाले बताइन्। यसैगरी कतिपय पुरुष यौनकर्मी ग्राहक फेला पार्ने मर्निङवाकमा निस्कन्छन्। मर्निङवाकमा यौनकर्मी खोज्ने महिला भेट भयो भने उनीहरूको परिचय, मोबाइल नम्बर आदानप्रदान हुँदै यौन सन्तुष्टि लिने दिने कामसमेत हुन्छ। यौनकर्मी पुरुषको खोजी गर्ने महिलाहरूमा धनसम्पत्तिको कुनै खाँचो हुँदैन। उनीहरू राम्रो रकम दिएर आफूलाई पूर्ण सन्तुष्टि दिने पुरुष चाहन्छन्।
पुरुष यौनकर्मीको संख्या कति छ, अहिले किटेर भन्न सकिन्न। तर २५ जना जति आफ्नो सम्पर्कमा रहेको ती यौनकर्मी महिलाको भनाइ छ। तीमध्ये १०र११ जना नियमित रूपमा रत्‍नपार्कमा भेटिन्छन्। - अन्नपूर्ण पोष्ट
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis