CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपालमा हार्वर्ड स्कूल ! नपत्याएको ? ल हेर्नुस्

नेपालमा हार्वर्ड स्कूल ! नपत्याएको ? ल हेर्नुस्

harvard
कुनै बच्चाले म हार्वर्डमा पढ्छु भनेर भन्यो भने अचम्म नमान्नुहोला। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ। हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस,
फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। सरकारले विदेशी नाममा कडाइ गर्ने निर्देशिका लागू गरिसकेको भए पनि निजी विद्यालयहरु यसलाई मान्दैनौँ भन्दै विरोधमा उत्रिएका छन्।
हुनत जेसुकै नाम राखे पनि शिक्षा राम्रो दिए हुने हो। तर यसरी मान्छे झुक्याउने गरी नाम राख्नु त अति नै भयो नि। हेरौँ के छ विदेशी नाम सम्बन्धी व्यवस्था निर्देशिकामा ?
२.२) नामाकरण सम्वन्धमा 
२.२.१ संस्थागत विद्यालयको नामाकरण गर्दा शिक्षा नियमावली, २०५९ (संशोधन सहित)
को नियम १५४ बमोजिम गर्नुपर्नेछ,
२.२.२. यो निर्देशिका जारी हुनु पूर्व विदेशी नामबाट नामाकरण भएका विद्यालय पहिचान
गरी औचित्यपूर्ण र सान्दर्भिक नदेखिएमा छ (६) महिनाभित्र बुँदा नं. २.२.१ बमोजिम
अनिवार्य रुपमा नाम परिवर्तन गर्नु पर्नेछ,
२.२.३ विद्यालयको नाममा अन्तराष्ट्रिय (International) जोड्नका लागि क वर्गमा वर्गिकृत
विद्यालय वा अन्तराष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त (ISO certified) भएको र भर्ना
विद्यार्थी मध्ये कम्तिमा १% विद्यार्थी अन्य राष्ट्रको भर्ना भएको हुनु पर्नेछ,
२.२.४ विद्यालयको नाम नियमावलीको नियम १५४ को आशय विपरित नहुने गरी अंग्रजीमा
पनि हुन सक्नेछ,
२.२.५ कानुनी हैसियत प्राप्त भएका संस्थाद्वारा प्राप्त संस्थागत सहयोग वा गुठीबाट
विद्यालय सञ्चालन हुने अवस्थामा मात्र प्रसिद्ध धर्मगुरु, साहित्यकार, वैज्ञानिक र
शिक्षाविद्को नामबाट विद्यालय सञ्चालन गर्न सकिनेछ ,
स्पष्टिकरण : संस्कृतका प्रकाण्ड विद्धान, ऋषिमहर्षि, स्वदेशी विद्वान, साहित्यकार, बैज्ञानिक,
ऐतिहासिक व्यक्तित्वका नाममा विद्यालय खोल्न वा नामाकरण गर्न यसले बाधा
पुर्‍याउने छैन
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis