काठमाडौं, । कान्तिपुर मिडिया ग्रुपबाट अलग भएका रामेश्वर थापाले आप्का हाउस अन्र्तगतको अन्नपूर्ण पोस्ट दैनिक पत्रिका किनेका छन् । थापाको कम्पनी ‘थ्रीएनआई’ र आप्का हाउसका प्रतिनिधिबीच मंगलबार राति किनबेचको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
अन्नपूर्ण प्रतिनिधि र थापाको कम्पनीबीच भएको सम्झौता अनुसार
अन्नपूर्ण पोस्टको सम्पूर्ण सय प्रतिशत सेयर थापाको कम्पनी थ्रीएनआईले किनेको हो। सम्झौता अनुसार थापाको कम्पनीले अन्नपूर्ण पोस्ट दैनिक तथा काठमाडौं र इटहरीमा भएको अन्नपूर्णको प्रिन्टिङ प्रेस मध्ये एक प्रेस किनेको हो । थापाको कम्पनी थ्रीएनआईले आप्का हाउसको अंग्रेजी पत्रिका ‘द हिमालयन टाईम्स’ भने किनेको छैन ।
मंगलबार राति दुई कम्पनीबीच पत्रिका किनबेचको सम्झौता भएपनि पत्रिकाको प्रिन्ट लाईनमा भने केही दिन पूरानै समूहको नाम देखिने जनाइएको छ । सम्झौता अनुसार करिब १५ दिनपछि उक्त पत्रिकाको सम्पादकीय र व्यवस्थापकीयको पूर्ण जिम्मेवारी थापाको कम्पनीले सम्हाल्ने छ ।
कति रकममा पत्रिका किनबेच भयो भन्ने आधिकारीक रुपमा नखुलाईए लगभग १५ देखि २० करोडमा सम्झौता भएको बुझिएको छ । यससँगै अन्नपूर्णमा अब नयाँ सम्पादकका रुपमा गुणराज लुईंटेल भित्रिने पनि जनाइएको छ । लुईंटेल यसअघि पनि अन्नपूर्णमा सम्पादक रहीसकेका व्यक्ति हुन् ।
त्यस्तै थापाको नयाँ समूहले अन्नपूर्ण पोस्टमा कार्यरत सञ्चारकर्मी र कर्मचारीहरुले बस्न चाहेको अवस्थामा कार्यालयमा यथावत राख्ने जनाइएको छ । तर, अन्नपूर्णमा रहन चाहने पुराना सञ्चारकर्मी तथा कर्मचारीहरुले थापाको कम्पनीको नयाँ नियम स्वीकार गर्नुपर्ने स्रोतको भनाई छ । अन्नपूर्ण पोष्ट किनेपछि रामेश्वर थापा भने–‘लगानी अब सुरु भयो ।’
-हाम्रो कुरा
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !