CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » तपाईंका बारेमा कसैले थाहा नपाएको गोप्य कुरा के हो ?

तपाईंका बारेमा कसैले थाहा नपाएको गोप्य कुरा के हो ?


कुनै बेला डन भएर हिँडिएको थियो, दुई-चार जनालाई ठीक पनि पारियो, भयंकर राजनीति पनि गरिएको हो। अहिले मलाई चिन्नेहरूले त्यो स्वरूपमा चिन्दैनन्। 


आरपी भट्टराई (लाजालाम), हास्यकलाकार

म नुहाउँदा नाच्छु, नाच्दै नुहाउनुको मज्जै छुट्टै छ, यो कुरा अरूलाई थाहा छैन। म आफ्नो घरमा कहिल्यै फोन गर्दिनँ, अनि म आयशा टाकियालाई खुब मन पराउँछु। 

प्रनिल तिमिल्सिना, गायक

जटिल प्रश्न, एकछिन है, सोच्छु, अनि गोप्य कुरा त किन सार्वजनिक गर्ने ? कसैलाई थाहा नभएको कुरा ? म एकदमै अल्छी भएर बस्न सक्छु। अनि रोचक गोप्य कुराचाहिँ सिंगापुर जाँदा केही नयाँ स्वाद चाख्ने क्रममा मैले भ्यागुतो खाएको थिएँ, यो कुरा कसैलाई थाहा छैन। 

राजबल्लभ कोइराला, नायक

म कहिल्यै जुत्ता लगाउँदिनँ, (विवाहमा बाध्य भएर लगाएको) मलाई भेट्नेहरूले अहिलेसम्म चप्पलमै भेटेका छन्, तर उनीहरूलाई म जुत्ता कहिल्यै लगाउँदिनँ भन्ने कुरा थाहा छैन। 

डिजे राजु 

म आवश्यकताभन्दा बढी सेक्सी छु, यो कुरा कमैलाई मात्र थाहा छ। 

एत्ना कार्की, मोडल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis