हलिउडमा धेरै पारिश्रमिक लिने अभिनेताहरूमा बु्रस विलिस, टम क्रुज, ब्राड पिट अग्रपंक्तिमा आउँछन् । उनीहरू अग्रपंक्तिमा आउने अर्को पनि समानता छ, उमेर । हलिउडमा अझै उधुम मच्चाइरहेका बु्रस विलिस ५७ वर्षका भइसके भने टम क्रुजले पाँच दशक छोइसके । ब्राड पिटले
भने त्यो सौभाग्य पाउन एक वर्ष मात्रै बाँकी छ ।
बलिउडमा नयाँ-नयाँ नायिकासँग काम गर्ने मौका प्रायः सलमान खानलाई नै जुर्छ । उमेरले ४७ भने पनि उनी अझै आफूलाई जवान नै राख्न अनेक तिकडम गर्छन् । तर अब त शरीरले पनि थकाइ मानेको उनले विचार गरेको हुनुपर्छ । उनकै उमेरका शाहरुख खान पनि घरमा पत्नी र छोराछोरी छोडेर अझै अभिनेत्री नचाउन सुटिङ स्पटमा जाने हतारोमा हुन्छन् । एक वर्ष जेठा अर्का खान आमिरको त के कुरा ? उनलाई त जति बूढो हुँदै गयो उति 'मिस्टर पर्फ]{सनिस्ट' भन्नेको स्वर बढ्दै गएको छ ।
हलिउड, बलिउडमा अझै 'बूढा' कलाकारले राइँदाइँ गरिरहेका बेला नेपालमा भने यसको विपरीत हुँदै गइरहेको छ । कामले अनुभवी र उमेरले पाका हुँदै गएका कलाकारहरू यतिबेला लाइटको उज्यालोबाट ओझेल पर्न थालिसकेका छन् । यतिबेला फिल्मभित्र अल्लारे युवाहरू हावी हुँदै गएका छन् । आज शुक्रबार रिलिज भएको एउटा फिल्म 'मञ्जरी' की मुख्य पात्र मञ्जरीको उमेर मात्र १६ हो । उनका प्रेमी २१ वर्षका । यसका निर्देशक फिल्मको कथावस्तुअनुसार नै कलाकार छनोट गरिएको तर्क गर्छन् ।
गत वर्ष फिल्म 'सायद' ले युवा कलाकारलाई मेनस्टि्रममा ल्याउने हिम्मत जुटाएको थियो । कलेज स्टुडेन्ट साथीभाइको लहैलहैमा कुलत र दुव्र्यसनीमा फसेपछि त्यसबाट निम्त्याउने समस्याले कस्तो असर गर्छ भनेर देखाउन फिल्मले भर्खरै प्लस टु सकेका संयम पुरीलाई मूल पात्रमा उभ्यायो । आखिर तिनै ठिटाहरूको अभिनयले उनीजस्तै योङस्टर अडियन्सलाई हल छिरायो र धेरै हदसम्म सन्तुष्ट पनि पारे । 'सायद' का युवा कलाकारको बानी बेहोरा, बोलीचाली, लवच र लवाइखवाइमा युवा दर्शकले धेरै समानता भेटे, आत्मसात् गरे ।
भुवन केसी, शिव श्रेष्ठ हुन् वा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीलगायतका समयमा बन्ने फिल्मले कहिल्यै युवाका कुरा उठाएनन् । बरु गाउँमा मुखियाले गाउँलेलाई दुःख दिएको, बूढाबूढीको सहारा गोठको लैनो भैंसी दाम्लोसहित लगिदिएको अनि मुस्तन्ड हिरोले पाखुरा सुर्किंदै मुखिया एन्ड कम्पनीमाथि जाई लागेर विजय प्राप्त गरेको फिल्महरूमा नै अल्लारे दर्शकले पनि चित्त बुझाए ।
फिल्मलाई फिक्सन मानिए पनि यो समाजको दर्पण हो । अझ समकालीन समाजलाई विश्वसनीय रूपमा पस्कनु सफलताको सूचक मानिन्छ । 'लुट' फिल्मले त्यही गर्यो । सिस्टममा नचलेको अहिलेको मुलुकमा प्रतिनायकको चरित्रमा देखिएका यसका हाकु कालेले नै दर्शकको सहानुभूति पाए । यसका अन्य पात्र पनि उति गतिला थिएनन् । कोही लागूऔषध र साना हातहतियार कारोबारी, कोही बार/डान्स रेस्टुरेन्टका बाउन्सर, जुवाडे र बेरोजगार चरित्र थिए । तिनैलाई समेट्न फिल्ममा भर्खरकै अल्लारे कलाकार र त्यस्तै भाषाशैलीको प्रयोग गरियो जुन युवा दर्शकले अत्यधिक रुचाइदिए ।
'चपली हाइट' ले पनि यसैलाई निरन्तरता दियो । कुरकुरे बैंसमा हिँड्दै गरेकी युवतीलाई दुई युवकले गरेको यौन दुरुपयोगलाई बनाइएको विषयलाई युवा पुस्ताका दर्शकले चलिआएको भन्दा नयाँ पाए ।
मागले आपूर्ति निर्धारण गर्छ, अर्थशास्त्रीय मान्यतामा । यतिबेला फिल्ममा युवा पुस्ताका कलाकार र युवा कथावस्तु बढ्नुमा बजारको मागले गरेको निर्धारण पनि हो । गत वर्षको हिट फिल्म 'लुट' आफू मात्रै हिट भएन साथमा कैयन् फिल्मकर्मीलाई यहाँको बजार दायरा अनि दर्शकको उमेर समूह पनि चिनाइदियो । उक्त फिल्म हेर्न स्कुले र कलेजका विद्यार्थीदेखि युवा पुस्ताका दर्शक लर्को बाँधेर र जोडी च्यापेर आएपछि धेरैले भन्दै आएको 'हाम्रो जस्तो सानो बजारमा राम्रा फिल्म पनि चल्दैनन्, फिल्म हेर्ने दर्शक कि त मजदुरी गर्न खाडीमा छन् कि पढ्न युरोप, अमेरिका' जस्ता बोलीमा बिर्को लाग्यो ।
अल्लारे झुन्डको ग्याङ वारको कथाजस्तो लाग्ने प्रोमोकै कारण 'छड्के' ले विकेन्डमा आक्रामक दर्शक पायो । अहिले युवा दर्शक केन्दि्रत फिल्मको लाइनै छ । 'मञ्जरी' सँगै आएको अर्को फिल्म 'कथा' को जोडी सौगात मल्ल र उषा रजकको प्रेमकथाले पनि मुख्यतः मल्टिप्लेक्समा युवायुवतीलाई तान्न सक्नेछ । बिनास्त्रिmप्टको यस फिल्मको सिचुअसनल लभस्टोरी अझ बढी नेचुरल हुने यसका निर्देशक प्रशान्त रसाइलीको मान्यता रहेछ ।
सेन्सर बोर्डले फिल्म चल्नका लागि दिने सर्टिफिकेट हेर्यो भने पनि अहिलेका फिल्मको ट्रेन्ड बुझ्न सकिन्छ । प्रायः फिल्मले युवा पुस्तालाई तान्न कि त विषयवस्तु र पात्रहरू युवाकरण गरेका छन् कि कन्टेन्ट एडल्ट राख्न थालेका छन् । अश्लील दृश्य/संवादकै भरमा दर्शक तान्न खोज्नेको त खासै भलो हुन सकेको छैन । त्यस्ता सस्ता फिल्मलाई दर्शक आफैंले पनि बहिष्कार गरिदिएका छन् । तर पनि अधिकांश फिल्म अहिले 'एडल्ट' वा 'प्यारेन्टल गाइडेन्स' सर्टिफाइड हुन थालेका छन् । सबैका लागि हुने गरी 'युनिभर्सल' सर्टिफिकेट घट्दै जान थालेको छ । यसले पनि युवा केन्दि्रत फिल्म बन्ने क्रमको जनाउ दिन्छ ।
आउन लागेका फिल्मको लिस्टमा पर्ने 'कर्कश', 'भिजिलान्ते', 'अन्तराल', 'नोटबुक', 'साँघुरो', 'होस्टेल' जस्ता फिल्म युवा दर्शकका लागि युवा कलाकार नै प्रयोग गरी युवा पुस्ताका विषयमा बनाइएका युवा लक्षित फिल्म हुन् ।
- ईकान्तिपुर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !