CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » संविधान आवश्यक छैन रे प्रधानमन्त्री पत्नीले

संविधान आवश्यक छैन रे प्रधानमन्त्री पत्नीले

Hisila Yami
काठमाडौ, फाल्गुन २१ - नयाँ संविधानसभाका लागि दलहरुबीच सहमतिको तयारी भइरहँदा प्रधानमन्त्री पत्नी एवं एमाओवादी नेतृ हिसिला यमीले 'संविधान आवश्यक नभएको' बताएकी छन् ।
बालाजु वाइसधारा उद्यानबारे पत्रकार सम्मेलनमा यमीले संविधान आवश्यक
नभएको बताएकी छन् । 'संविधान चाहिँदैन,' यमीले भनिन्, 'विकास चाहिएको छ ।' उद्यानको वीचबाट बाटो खोलेकोबारे उनले मुख्य सचिव लिलामणि पौडलेलाई निर्देशन दिएको बताइन् ।
सडक विस्तारमात्र नभएर आफूहरुले आकाश विस्तार पनि गर्न लागेको उनले बताइन् । 'दुइटा जहाज ल्याउँदैछौँ,' केही दिन पर्खन आग्रह गर्दै उनले भनिन्, 'सडकमात्र होइन, आकाश विस्तार गर्दैछौँ ।'
एमाले, कांगे्रसले विरोध गर्नमात्र जानेको भन्दै उनले उनीहरुको विरोधले केही पनि नहुने उनले बताइन् । 'हामी गरेर देखाउँदै आएका छौँ उनीहरु विरोधमा गर्छन्,' उनले भनिन् ।
काठमाडौ महानगरपालिका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले संचार माध्यमले गलत सम्प्रेषण गरेको बताए । 'मैले स्थानीय विकास मन्त्रालयदेखि विभिन्न ठाउँमा स्पष्टिकरण दिैदै जानु पर्‍यो, सबैले गाली गरे, म हैरान भइसकें,' उनले भने ।
स्थानीयवासीको चाहना अनुसार आफूले बाटो खोल्न लगाएको भन्दै उनले आफूले कुनै पनि गल्ती नगरेको बताए ।
-दीपेन्द्र बिस्ट , ईकंतिपुर 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis